२०८३, ८ कार्तिक आईतबार

काभ्रेको साँगा नाकामै स्वाब संकलन सुरु

काभ्रेको साँगा नाकामै स्वाब संकलन सुरु


धुलिखेल, १२ साउनः राजधानी प्रवेश गर्ने पूर्वी नाका काभ्रेको साँगामा कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नाकामै स्वाब संकलन गर्न थालेको हो ।

सवारी साधन मार्फत राजधानी प्रवेश गर्ने नागरिकको स्वाब सकंलन गर्ने गरिएको छ । काठमाण्डोबाटै स्वास्थ्यकर्मीको टोली आएर स्वाब संकलन गरिरहेको बनेपा नगरपालिकाका स्वास्थ्य संयोजक सत्यश्वर मकै श्रेष्ठले जानकारी दिनुभयो । नाकामा स्वाब संकलनका लागि समन्वयको काम भने नगरपालिकाको स्वास्थ्य शाखाले गरेको छ ।

स्वास्थ्य शाखाले रेडक्रससँगको सहकार्यमा दुई वटा टेण्ड राखिदिएको छ । त्यस्तै स्वास्थ्यकर्मी समेत खटाएको संयोजक श्रेष्ठले बताउनुभयो । नाकामा खास गरी कोरोना बढी प्रभावित जिल्लाबाट राजधानी प्रवेश गर्न खोज्ने यात्रुहरुको स्वाब संकलन हुने गरेको छ । लकडाउन खुकुलो भएसँगै बीपी राजमार्ग भएर तराई र पूर्वी पहाडका जिल्लाबाट राजधानी प्रवेश गर्ने सवारी साधनको संख्या ह्वात्तै बढेको छ ।

केन्द्र सरकारले साँगा सहित नागढुंगा र फर्पिङ नाकामा स्वाब संकलन गरिरहेको छ । यी तीन वाटै नाकाबाट १० हजार यात्रुको स्वाब परीक्षणका लागि संकलन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार  २ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना