२०८३, ७ कार्तिक शनिबार

जन्मदिनमा खेलाडीलाई स्पोर्टस सुज

जन्मदिनमा खेलाडीलाई स्पोर्टस सुज


धुलिखेल, १२ साउनः बनेपा नगरपालिका वडा नम्बर ६ का सामाजिक अगुवा भेषराज शाहले आफ्नो जन्मदिनमा खेलाडीलाई स्पोर्टस सुज वितरण गर्नुभएको छ । नगरस्तरीय मेयर कप फुटबल प्रतियोगितामा प्रथम भएको वडा नम्बर ६ का खेलाडीलाई स्पोर्टस सुज वितरण गर्नुभएको हो । नगरस्तरीय मेयर कप फुटबल प्रयोगिता गत पुस दोस्रो साता भएको थियो ।

खेलाडीहरुलाई हौसला मिलोस् भनेर स्पोर्टस सुज वितरण गरेको शाहले बताउनुभयो । सोमबार वडाध्यक्ष सचितानन्द केसीको उपस्थितिमा १८ जोर स्पोर्टस सुज खेलाडीलाई हस्तारण गरिएको हो । ‘नगरस्तरीय मेयर कपमा वडाका खेलाडी साथीहरुले जुन सफलता हासिल गर्नुभयो, यसलाई निरन्तरता दिन सबै वडाबासीको हौसलाको खाँचो पर्छ, शाहले भने ‘त्यही हौसलाका लागि सानो सहयोग गरेको हुँ ।’

मेयर कपमा पहिलो भएरसँगै यो वर्ष प्रतियोगिता आयोजना गर्ने जिम्मा समेत वडा नम्बर ६ कै परेको छ । वडाध्यक्ष केसीले आफ्नै वडाले आयोजना गर्ने प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्ने दावी गर्नुभयो । ‘अहिले कोरोना संक्रमण नफैलियोस् भन्नका लागि खेलकुदका गतिविधिहरु हुन सकेका छैनन्, उहाँले भन्नुभयो ‘परिस्थिति सहज हुने वित्तिकै सबै खेलाडीहरुले प्रशिक्षण सुरु गर्नुहुनेछ, नगरस्तरीय मात्रै होइन्, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत हाम्रो वडाका खेलाडीहरुले सहभागिता जनाउनसक्ने गरी काम गर्ने छौँ ।’

शाह राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हुन् । अघिल्लो वर्षको जन्मदिनमा शाहले बनेपा नगरपालिकाको वडा नम्बर ६ मै रहेको गोसाँईस्थानमा क्षेत्रमा वृक्षारोपण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार  १० : ४६ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने