२०८३, ९ कार्तिक सोमबार

पनौतीमा खानेपानीको चरम समस्या

पनौतीमा खानेपानीको चरम समस्या


धुलिखेल, ८ साउन काभ्रेको पनौति नगरपालिका वडा नम्बर ४ को विभिन्न बस्तीहरुमा पिउने पानीको समस्या भएको छ । वर्षका कारण पानीको मुहानमा बाढी पसेकाले पिउने पानी नआएको वडा अध्यक्ष बुद्ध सिंह थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्याचिटी टोल, टौखाल, संखेल लगायतका ठाँउमा बिगत चार दिन देखि पानी आएको छैन । पिउने पानी नआए पछि सथानीयले ईनारको पानी उमालेर खान थालेका छन् ।

निरन्तर बर्षा भइरहेकाले बनको बिचमा भएको मुहान मर्मत सम्भार गर्न जान समस्या भएको अध्यक्ष थापाको भनाई छ । वडाका करिब ८२ घर परिवारमा पिउने पानी नआएकाले समस्या भएको हो ।

पनौतीकै वडा नम्बर ७ मा पनि खानेपानीको समस्या देखिन थालेको छ । पिउने पानी आउने मुहानबाट धमीलो पानी आउन थालेको वडा अध्यक्ष रामचन्द्र नाश्नानीले जानकारी दिनुभयो । धमीलो पानी आएपछि स्थानीयलाई पिउने पानीको समस्या भएको हो ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार  ६ : ०८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि