२०८३, १५ बैशाख बुधबार

पनौतीमा खानेपानीको चरम समस्या

पनौतीमा खानेपानीको चरम समस्या


धुलिखेल, ८ साउन काभ्रेको पनौति नगरपालिका वडा नम्बर ४ को विभिन्न बस्तीहरुमा पिउने पानीको समस्या भएको छ । वर्षका कारण पानीको मुहानमा बाढी पसेकाले पिउने पानी नआएको वडा अध्यक्ष बुद्ध सिंह थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्याचिटी टोल, टौखाल, संखेल लगायतका ठाँउमा बिगत चार दिन देखि पानी आएको छैन । पिउने पानी नआए पछि सथानीयले ईनारको पानी उमालेर खान थालेका छन् ।

निरन्तर बर्षा भइरहेकाले बनको बिचमा भएको मुहान मर्मत सम्भार गर्न जान समस्या भएको अध्यक्ष थापाको भनाई छ । वडाका करिब ८२ घर परिवारमा पिउने पानी नआएकाले समस्या भएको हो ।

पनौतीकै वडा नम्बर ७ मा पनि खानेपानीको समस्या देखिन थालेको छ । पिउने पानी आउने मुहानबाट धमीलो पानी आउन थालेको वडा अध्यक्ष रामचन्द्र नाश्नानीले जानकारी दिनुभयो । धमीलो पानी आएपछि स्थानीयलाई पिउने पानीको समस्या भएको हो ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार  ६ : ०८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले