धुलिखेल, ७ साउनः काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं १० जोगिटारमा निमार्ण भइरहेको हरितपार्क बनाउने कामको पहिलो चरण सक्किएको छ । डिभिजन वन कार्यलय काभ्रेको सहयोगमा निमार्ण भइरहेको हरितपार्कको काम पहिलो चरण सक्किएको वडा अध्यक्ष विष्णुमणि नेपालले जानकारी दिनुभयो ।
पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले निमार्ण हुन लागेको हरितपार्कको लागि डिभिजन वन कार्यलयले १० लाख रुपैँया आर्थिक सहयोग गरेको छ । वडा कार्यललयले पनि यसको लागि २ लाख ५० हजार विनियोजन गरेको छ ।
हरितपार्क निमार्णको लागि जनश्रम बढी रहेको वडा अध्यक्ष नेपालले बताउनुभयो । उहाँका अनुसार हरिपार्क निमार्णको काम चालु आर्थिक बर्ष भित्रमा सम्पन्न भैसक्नेछ ।








प्रतिक्रिया