२०८२, २६ मंसिर शुक्रबार

पूर्व मन्त्री बाँस्कोटाको पहलमा मण्डनदेउपुरका सामुदायिक विद्यालयको यसरी फेरिदैँ मुहार

पूर्व मन्त्री बाँस्कोटाको पहलमा मण्डनदेउपुरका सामुदायिक विद्यालयको यसरी फेरिदैँ मुहार


धुलिखेल, ५ साउनः सरकारमा सहभागि भएको छोटो समयमै विवादपछि राजिनामा दिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयहरुले काँचुली फेर्न थालेका छन् । उनी जति समय सरकारमा बसे मुलुकको सञ्चार क्षेत्रसँग आफ्नो निर्वाचन क्षेत्रको विद्यालय सुधारमा समेत विशेष पहल गरे । उनकै पहलमा काभ्रे जिल्लाको सबैभन्दा कान्छो मण्डनदेउपुर नगरपालिकाकाका सामुदायिक विद्यालयहरुमा धमाधम ‘आइटी ल्याब’ स्थापना गर्ने काम धमाधम भइरहेको छ ।

हालसालै मण्डनदेउपुर नगरपालिकाको भित्रका १३ वटा सामुदायिक विद्यालयमा ‘आइटी ल्याब’ स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको वडा नम्बर ४ मा रहेको महाकाली माध्यामिक विद्यालयका प्रनाध्यापक एवं मण्डनदेउपुर शिक्षा समितिका सदस्य शिवकुमार पौडेलले जानकारी दिनुभयो ।

‘आइटी ल्याब’ सञ्चालन गर्ने विद्यालयहरुमा डेडीथुम्का माविमा वडा नम्बर ८, वडा नम्बर २ को महाकाली मावि र बालुवा मावि, वडा नम्बर ९ को डेडीथुम्का मावि, वडा नम्बर ५ मा रहेको तपेश्वर मावि, वडा नम्बरको ब्रमाह्यणी मावि रहेका छन् । त्यस्तै वडा नम्बर १० को बिन्धबासी मावि र उमा सहशिक्षालय मावि, वडा नम्बर ११ मा रहेको चण्डेनी मावि, वडा नम्बर १२ को बाग्देवी मावि र इन्द्रावती मावि तथा वडा नम्बर ३ को द्वारपालेश्वर मावि रहेका छन् ।

प्रत्येक विद्यालयमा न्यूनतम २४ वटा कम्प्युटर जडान गरिएको छ । त्यस्तै आफ्नै सर्भर, लाइब्रेरी, सिसि क्यामेरा, प्रिन्टर, फोटो कपी जस्ता सामग्री जडान भएको शिक्षा समितिका सदस्य पौडेलले बताउनुभयो । कति विद्यालयमा विद्यार्थी संख्या हेरेर कम्प्युट राखिएको छ । महाकाली मावि वडा नम्बर ४ मा ४४ वटा कम्प्युटर जडान गरिएको छ ।

स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भएर आएदेखि नै नगरभित्रको शिक्षा सुधारमा लागेको मेयर टोक बहादुर वाइबाको योजनालाई समेत बास्कोटोको यो पहलले थप टेवा पुगेको छ । पौडेलले गाउँमै युवा र अभिभावकहरुलाई समेत कम्प्युटर तालिम दिन पनि सजिलो हुने बताए । नगरपालिकाले ‘आइटी ल्याब’ स्थापनाका लागि फर्निचर ब्यवस्थापन गर्न प्रत्येक विद्यालयलाई २/२ लाखका दरले २६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २०७७, ५ श्रावण सोमबार  ८ : ४० बजे

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ