२०८३, १५ श्रावण शनिबार

पूर्व मन्त्री बाँस्कोटाको पहलमा मण्डनदेउपुरका सामुदायिक विद्यालयको यसरी फेरिदैँ मुहार

पूर्व मन्त्री बाँस्कोटाको पहलमा मण्डनदेउपुरका सामुदायिक विद्यालयको यसरी फेरिदैँ मुहार


धुलिखेल, ५ साउनः सरकारमा सहभागि भएको छोटो समयमै विवादपछि राजिनामा दिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयहरुले काँचुली फेर्न थालेका छन् । उनी जति समय सरकारमा बसे मुलुकको सञ्चार क्षेत्रसँग आफ्नो निर्वाचन क्षेत्रको विद्यालय सुधारमा समेत विशेष पहल गरे । उनकै पहलमा काभ्रे जिल्लाको सबैभन्दा कान्छो मण्डनदेउपुर नगरपालिकाकाका सामुदायिक विद्यालयहरुमा धमाधम ‘आइटी ल्याब’ स्थापना गर्ने काम धमाधम भइरहेको छ ।

हालसालै मण्डनदेउपुर नगरपालिकाको भित्रका १३ वटा सामुदायिक विद्यालयमा ‘आइटी ल्याब’ स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको वडा नम्बर ४ मा रहेको महाकाली माध्यामिक विद्यालयका प्रनाध्यापक एवं मण्डनदेउपुर शिक्षा समितिका सदस्य शिवकुमार पौडेलले जानकारी दिनुभयो ।

‘आइटी ल्याब’ सञ्चालन गर्ने विद्यालयहरुमा डेडीथुम्का माविमा वडा नम्बर ८, वडा नम्बर २ को महाकाली मावि र बालुवा मावि, वडा नम्बर ९ को डेडीथुम्का मावि, वडा नम्बर ५ मा रहेको तपेश्वर मावि, वडा नम्बरको ब्रमाह्यणी मावि रहेका छन् । त्यस्तै वडा नम्बर १० को बिन्धबासी मावि र उमा सहशिक्षालय मावि, वडा नम्बर ११ मा रहेको चण्डेनी मावि, वडा नम्बर १२ को बाग्देवी मावि र इन्द्रावती मावि तथा वडा नम्बर ३ को द्वारपालेश्वर मावि रहेका छन् ।

प्रत्येक विद्यालयमा न्यूनतम २४ वटा कम्प्युटर जडान गरिएको छ । त्यस्तै आफ्नै सर्भर, लाइब्रेरी, सिसि क्यामेरा, प्रिन्टर, फोटो कपी जस्ता सामग्री जडान भएको शिक्षा समितिका सदस्य पौडेलले बताउनुभयो । कति विद्यालयमा विद्यार्थी संख्या हेरेर कम्प्युट राखिएको छ । महाकाली मावि वडा नम्बर ४ मा ४४ वटा कम्प्युटर जडान गरिएको छ ।

स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भएर आएदेखि नै नगरभित्रको शिक्षा सुधारमा लागेको मेयर टोक बहादुर वाइबाको योजनालाई समेत बास्कोटोको यो पहलले थप टेवा पुगेको छ । पौडेलले गाउँमै युवा र अभिभावकहरुलाई समेत कम्प्युटर तालिम दिन पनि सजिलो हुने बताए । नगरपालिकाले ‘आइटी ल्याब’ स्थापनाका लागि फर्निचर ब्यवस्थापन गर्न प्रत्येक विद्यालयलाई २/२ लाखका दरले २६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २०७७, ५ श्रावण सोमबार  ८ : ४० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने