२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या कम हुदैँ

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या कम हुदैँ


धुलिखेल, ३ साउनः काभ्रेमा कोरोना भाइरसको आशंकामा क्वारेन्टाइन बस्नेको संख्या निकै कम हुदैँ गएको छ । जिल्ला कमाण्ड पोष्टले उपलब्ध गराएको वितरण अनुसार आज १ सय ३४ जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । त्यसमा १ सय ९ जना पुरुष र २५ जना महिला रहेका छन् ।

सबैभन्दा धेरै बनेपाको क्वारेन्टाइनमा २० जना रहेका छन् । पनौतीमा १९, रोशीमा १८ जना र मण्डनदेउपुरमा १७ जना रहेका छन् । तेमालमा १७ जना, नमोबुद्धमा १३, भुम्लुमा ९ जना, धुलिखेल र पाँचखालमा ८/८ जना र बेथानचोकमा ५ जना मात्रै रहेका छन् ।

खानीखोला, महाभारत र चौरीदेउरी गाउँपालिकाका सम्भावित कोरोना संक्रमणलाई धुलिखेल क्वारेन्टाइनमै राखिने भएकाले त्यहाँको क्वारेन्टाइन भने खाली छन् । जिल्लामा क्वारेन्टाइन बेड संख्या ८ सय ५१ रहेको छ । जेठ २३ गतेदेखि हालसम्म भारत बाहेकका मुलुकका २ सय ५६ जना काभ्रेली आफ्नो जिल्ला भित्रिएका छन् ।

प्रकाशित मिति : २०७७, ३ श्रावण शनिबार  ५ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना