२०८२, १७ चैत्र बुधबार

काभ्रेमा माक्स नलगाउने २ सय ६७ जना कारबाहीमा

काभ्रेमा माक्स नलगाउने २ सय ६७ जना कारबाहीमा


धुलिखेल, २ साउनः काभ्रे प्रहरीले माक्स नलगाई हिड्ने २ सय ६७ जनालाई कारबाही गरेको छ । जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानहरुमा प्रहरीले कारबाही गरेको हो । कारबाही पर्नेमा १ सय ५५ जना पुरुष र १ सय १२ जना महिला रहेका छन् ।

उनीहरुलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिइ सम्झाई बुझाई छाडेको छ । जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गरी घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन उर्दी जारी गरेको थियो ।

यसैगरी काभ्रेका बिभिन्न क्वारेन्टाइनमा आज १ सय ३९ जना रहेका छन् । १ सय १६ जना पुरुष र २३ जना महिला गरी १ सय ३९ जना क्वारेन्टाइरमा रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १ सय ५२ र सबैभन्दा कम जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा २४ वेडको क्वारेन्टाइन रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

हालसम्म जिल्लामा २६ सय ६९ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएकोमा ४० जनाको रिपार्ट पोजेटिभ आएको छ । जिल्लामा भारत बाहेकका तेस्रो मुलुकबाट आउनेको संख्या २ सय ५६ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार  ५ : ५९ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका