२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेमा माक्स नलगाउने २ सय ६७ जना कारबाहीमा

काभ्रेमा माक्स नलगाउने २ सय ६७ जना कारबाहीमा


धुलिखेल, २ साउनः काभ्रे प्रहरीले माक्स नलगाई हिड्ने २ सय ६७ जनालाई कारबाही गरेको छ । जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानहरुमा प्रहरीले कारबाही गरेको हो । कारबाही पर्नेमा १ सय ५५ जना पुरुष र १ सय १२ जना महिला रहेका छन् ।

उनीहरुलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिइ सम्झाई बुझाई छाडेको छ । जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गरी घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन उर्दी जारी गरेको थियो ।

यसैगरी काभ्रेका बिभिन्न क्वारेन्टाइनमा आज १ सय ३९ जना रहेका छन् । १ सय १६ जना पुरुष र २३ जना महिला गरी १ सय ३९ जना क्वारेन्टाइरमा रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १ सय ५२ र सबैभन्दा कम जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा २४ वेडको क्वारेन्टाइन रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

हालसम्म जिल्लामा २६ सय ६९ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएकोमा ४० जनाको रिपार्ट पोजेटिभ आएको छ । जिल्लामा भारत बाहेकका तेस्रो मुलुकबाट आउनेको संख्या २ सय ५६ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार  ५ : ५९ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा