धुलिखेल, १ साउनः काभ्रेको बनेपा नगरपालीकाले क्षेत्र अनुसार आउन सक्ने विपद्को लागी छुट्टा छुट्टै रकम बिनियोजन गरेको छ । नगरपालिकाले वातावरणीय तथा अन्य किसीमका विपद् ब्यबस्थापनका लागी एक करोड रुपैया तथा स्वास्थ्य क्षेत्रका आउन सक्ने जोखीम तथा विपद्को लागी ८० लाख रुपैया बिनियोजन गरेको पालिकाका वरिष्ठ राजस्व अधिकृत धुर्व नेपालले जानकारी दिनुभयो ।
गत वर्ष नगरपालिकाले विपद् ब्यबस्थापन कोषका लागी ७५ लाख रकम बिनियोजन गरेको थियो । नगरपालिकाको कोरोना रोकथाम नियन्त्रण र उपचार कोष तथा प्रदेश को समेत गरी ४७ लाख बराबरको रकम राहत बितरणमा खर्च गरिएको नेपालले बताउनुभयो । आगामी दिनमा आउन सक्ने सम्भावीत विपद्को जोखीम कम गर्न नगरपालिका लागी परिरहेको छ । नगरपालिकाले असार १० गते नै निति तथा कार्यक्रम पारित गरिसकेको छ ।
महाभारत गाँउपालिका
काभ्रेको महाभारत गाँउपालिकाले यस आर्थिक वर्षको लागी विपद् ब्यबस्थापन कोषको रकम बढाउने भएको छ । गाँउपालिकाले गत वर्ष विपद् ब्यबस्थापन कोषको लागी २८ लाख बिनियोजन गरेको थियो । यो आर्थीक वर्षको लागी त्यो रकमलाई बढाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको गाँउपालिकाका प्रवक्ता रविन मोक्तनले जानकारी दिनुभयो छ ।
रकमलाई बढाएर ३० लाख भन्दा माथी पुर्याउने तयारी भईरहेको छ । हाल गाँउपालिकाको विपद् ब्यबस्थापन कोषमा २० लाखको हारहारीमा रमक मौज्दात रहेको लेखा शाखाले जनाएको छ । भौगोलीक हिसाबले केही स्थानमा पहिरोको जोखीम रहेको छ । नयाँ बनाईएका सडकमा पहिरो जाने सम्भावना रहेकाले सडक निमार्ण गर्दा सम्भावित जोखीमलाई कम गराउने तरिकाले सडक बाटो निमार्ण गरिएको गाँउपालिकाले जनाएको छ ।
खानिखोला गाँउपालिका
खानिखोला गाँउपालिकाले बर्षातको समयमा आउन सक्ने विपद् व्यवस्थापनको लागी पूर्व तयारी गरिरहेको छ । ७ वटै वडामा रहेको विपद् व्यवस्थापन समितीलाई सक्रिय गराइरहेको पालिकास्तरिय विपद् व्यवस्थान समितिका अध्यक्ष एवंम गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले बताउनुभयो ।
पालिकाले आर्थिक बर्ष २०७६÷७७ मा विपद् व्यवस्थापन कोषमा १५ लाख राखेको थियो । यो पटक भने पालिकाले कोषमा रकम बढाएर २५ लाख पुर्याएको छ । बर्षातको समयमा पहिरो जाने सम्भावना रहेको पालिकामा तत्काल अन्य विपद् आइपरेमा पालिका स्तररिय विपद् व्यवस्थापन समिती पनि तयारी अवस्थामा रहको गाँउपालिकाले जनाएको छ ।








प्रतिक्रिया