धुलिखेल, १ साउनः काभ्रे प्रहरीले सर्लाहीबाट यात्रु बोकेर आएको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा साँगा प्रहरीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्ने क्रममा कुनै पनि बिरामी नरहेको र १४ हजार भाडा लिएर रिजर्भमा आएको पाइएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
एम्बुलेन्स चालक २५ जुगतलाल महतोलाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत अभद्र ब्यवहार गर्न नहुने कसूर अन्तर्गत मुद्धा दर्ता गरिएको छ । एम्बुलेन्समा गार्मेन्टमा काम गर्ने ७ जना मजदुर सवारी थिए ।








प्रतिक्रिया