२०८२, १० मंसिर बुधबार

धुलिखेलका स्वास्थ्यकर्मीहरुले भने ‘जोखिम भत्ता पारदर्शि बनाउ’

धुलिखेलका स्वास्थ्यकर्मीहरुले भने ‘जोखिम भत्ता पारदर्शि बनाउ’


धुलिखेल, ३१ असारः धुलिखेल नगरपालिकाभित्रका स्वास्थ्यकर्मीको एउटा समूहले जोखिम भत्ता वितरणमा पारदर्शि नभएको आरोप लगाएका छन् । नगरकार्यपालिका बैठकले गरेको निर्णय विपरित विभेदकारी ढंगबाट भत्ता वितरण गरेको भन्दै उनीहरुले आज नगरपालिकामै पुगेर आपत्ति जनाएका हुन् ।

कार्यपालिका बैठकले कोरोना भाइरस महाभारी रोगको रोकथामका लागि नगरपालिकाको विभिन्न सेवा केन्द्र, क्वारेन्टीन तथा फिल्डमा खटिने स्वास्थ्यकर्मी र नगरपालिकाबाट तोकिएका कर्मचारीहरुलाई जोखिम भत्ता दिने निर्णय भएको थियो । बैठकले प्रत्यक्ष संलग्न ल्याब कर्मचारलाई तलब स्केलको ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको थियो ।

त्यस्तै आठौ तह र सो भन्दा माथिका कर्मचारीलाई मासिक २० हजार, अधिकृतस्तर छैठौ र सातौँस्तरका कर्मचारीलाई मासिक १८ हजार, पाँचौस्तरका कर्मचारीलाई मासिक १५ हजार, चौथौस्तरका कर्मचारीलाई मासिक १३ हजार र श्रेणीबिहीन सरसफाईकर्मीलाई ८ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

पीडित स्वास्थ्यकर्मीहरुको तर्फबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेललाई दिइएको निवेदनमा भत्ता वितरणलाई पारदर्शी बनाई स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा पुनरावलोकन गर्न माग गरिएको छ । उनीहरुले स्वास्थ्य संस्थाका साथै क्वारेन्टाइनमा आफ्नो स्वास्थ्यलाई जोखिममा राखी कोरोना भाइरससँगको लडाईमा अग्रपंत्तिमा रहेर ड्युटीमा खटिएकासमान तहका कर्मचारीहरुमा समान भत्ता नपाएको गुनासो गरेका छन् ।

२०७६ चैतको २२ दिन र बैशाख-जेठ महिनाको भत्तामा विभेद भएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । यसरी भत्ता पाउनेमा ६६ जना कर्मचारी छन् । असन्तुष्टि जनाउँदै नगरपालिकामा १४ जना कर्मचारी पुगेका थिए ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ७ : ०४ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा