२०८२, ११ फाल्गुन सोमबार

धुलिखेलका स्वास्थ्यकर्मीहरुले भने ‘जोखिम भत्ता पारदर्शि बनाउ’

धुलिखेलका स्वास्थ्यकर्मीहरुले भने ‘जोखिम भत्ता पारदर्शि बनाउ’


धुलिखेल, ३१ असारः धुलिखेल नगरपालिकाभित्रका स्वास्थ्यकर्मीको एउटा समूहले जोखिम भत्ता वितरणमा पारदर्शि नभएको आरोप लगाएका छन् । नगरकार्यपालिका बैठकले गरेको निर्णय विपरित विभेदकारी ढंगबाट भत्ता वितरण गरेको भन्दै उनीहरुले आज नगरपालिकामै पुगेर आपत्ति जनाएका हुन् ।

कार्यपालिका बैठकले कोरोना भाइरस महाभारी रोगको रोकथामका लागि नगरपालिकाको विभिन्न सेवा केन्द्र, क्वारेन्टीन तथा फिल्डमा खटिने स्वास्थ्यकर्मी र नगरपालिकाबाट तोकिएका कर्मचारीहरुलाई जोखिम भत्ता दिने निर्णय भएको थियो । बैठकले प्रत्यक्ष संलग्न ल्याब कर्मचारलाई तलब स्केलको ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको थियो ।

त्यस्तै आठौ तह र सो भन्दा माथिका कर्मचारीलाई मासिक २० हजार, अधिकृतस्तर छैठौ र सातौँस्तरका कर्मचारीलाई मासिक १८ हजार, पाँचौस्तरका कर्मचारीलाई मासिक १५ हजार, चौथौस्तरका कर्मचारीलाई मासिक १३ हजार र श्रेणीबिहीन सरसफाईकर्मीलाई ८ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

पीडित स्वास्थ्यकर्मीहरुको तर्फबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेललाई दिइएको निवेदनमा भत्ता वितरणलाई पारदर्शी बनाई स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा पुनरावलोकन गर्न माग गरिएको छ । उनीहरुले स्वास्थ्य संस्थाका साथै क्वारेन्टाइनमा आफ्नो स्वास्थ्यलाई जोखिममा राखी कोरोना भाइरससँगको लडाईमा अग्रपंत्तिमा रहेर ड्युटीमा खटिएकासमान तहका कर्मचारीहरुमा समान भत्ता नपाएको गुनासो गरेका छन् ।

२०७६ चैतको २२ दिन र बैशाख-जेठ महिनाको भत्तामा विभेद भएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । यसरी भत्ता पाउनेमा ६६ जना कर्मचारी छन् । असन्तुष्टि जनाउँदै नगरपालिकामा १४ जना कर्मचारी पुगेका थिए ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ७ : ०४ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार