२०८३, १३ बैशाख सोमबार

अबको तीन दिन कस्तो रहला मौसम ?

अबको तीन दिन कस्तो रहला मौसम ?


काठमाडौं, ३१ असारः आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन् । यद्यपि मनसुनी वायु कायमै रहेकाले बुधबार दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।

मौसमविद गंगा नगरकोटीले अनलाइनखबरसँग भनिन्, ‘ठूलो वर्षा र लगातारको झरीको सम्भावनाचाहिँ आगामी तीन दिनलाई खासै छैन ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । यसले गर्दा हल्कादेखि मध्यमखालको वर्षा सबै प्रदेशका केही स्थानहरुमा हुन सक्छ ।

मौसमविद नगरकोटीका अनुसार अहिले पनि प्रदेश नं। १ मा वर्षा भइरहेको छ । गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा पनि हल्का खालको वर्षा भइरहेको छ । गण्डकी प्रदेशमा पर्ने लमजुङको खुदीबजार र बेशीसहरमा पछिल्लो ३ घण्टा भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाब तथा कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ ।

‘भारी वर्षा सबै ठाउँमा होइन, एक–दुई ठाउँमा हुनसक्छ,’ मौसमविद नगरकोटी भन्छिन्, ‘जस्तै– आज दिउँसो प्रदेश नं। ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।’

काठमाडौं उपत्यकाका केही स्थानहरुमा मात्र हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । तर उपत्यकाका सबै स्थानमा वर्षा नहुने मौसमविद नगरकोटीले बताइन् ।

काठमाडौं उपत्यकामा मंगलबार दिउँसो घाम लागेको थियो भने साँझपख पानी परेको थियो । बुधबार बिहान भने बादल लागेको छ ।

यसअघि असार २५ देखि २९ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ । नेपालमा मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि असार ३० गतेसम्मको अवधिमा बाढी र पहिरोमा परी ९५ जनाको मृत्यु, ४७ जना बेपत्ता र ८२ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ८ : ०३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले