२०८२, २२ चैत्र सोमबार

काभ्रेको महाभारत गाउँपालिकामा बाख्रा मर्न थालेपछि स्थानीय चिन्तित

काभ्रेको महाभारत गाउँपालिकामा बाख्रा मर्न थालेपछि स्थानीय चिन्तित


होमेन्द्र राना, घर्तीछाप/३० असारः काभ्रेको अति दुर्गम महाभातर गाउँपालिकाका विभिन्न वडामा अज्ञात रोगले बाख्रा मर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । पालिकाको घर्तीछाप, बनखु, फोक्सिङटार लगायतका क्षेत्रमा बाख्रा मर्न थालेका हुन् ।

बाख्रामा पेट सुन्निने, पिसाब रोकिने र सुख्खा खोकी लाग्ने लक्षण देखिने गरेको घर्तीछापबाट पत्रकार होमेन्द्र रानाले जानकारी दिनुभयो । एउटै किसानको ४ वटासम्म बाख्रा मरिसकेका छन् । एक साता भन्दाअघि देखि बाख्रामा अनौठो लक्षण देखिन थालेको स्थानीयहरुले बताएका छन् ।

घर्ती छापका अञ्जु मगरको ४ वटा बाख्रा र बलबहादुर रमौलि मगरका २ वटा खसि मरेका छन् । उपचारका लागि अहिलेसम्म कुनै पनि वास्ता नभएको स्थानीयहरुले गुनासो गरेका छन् । घर्तीछापको डबली, चाउडिक, गाताबेशी, गैरिगाउँ लगायतका गाउँमा सबैभन्दा धेरै बाख्रा मरेका छन् ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार  ५ : ३७ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर