२०८३, १५ बैशाख बुधबार

काभ्रेका स्थानीय तहमा विपद् व्यवस्थापनकाे तयारी कस्ताे छ ?

काभ्रेका स्थानीय तहमा विपद् व्यवस्थापनकाे तयारी कस्ताे छ ?


धुलिखेल, २९ असारः काभ्रेका स्थानीय तहहरु विपद् व्यवस्थापनको लागि पुर्व तयारीमा जुट्न थालेका छन् । मण्डनदेउपुर नगरपालिकाले नगरपालिकाको विपद् व्यवस्थापन कोषमा २ करोड बराबरको रकम जम्मा गरेको छ । आगामी आर्थिक बर्षको लागि विपद् व्यवस्थापन कोषमा थप २० लाख रुपैँया राख्ने नगरपालिकाले निर्णय गरेको प्रबक्ता डिल्लि प्रसाद आचार्यले बताउनुभयो ।

नगरपालिकामा बर्खाको समयमा इन्द्रावती नदी, ढाडखोला र चाखोलामा बाढी आउने सम्भावना रहन्छ । त्यसैगरी डाँडामा पहिरोको जाने सम्भावना धेरै हुन्छ ।नगरपालिकाले विपद्को समयको लागि भनेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

पनौती नगरपालिका
यसैबिच पनौती नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ जम्मा भैसकेको छ । आगामी आर्थिक बर्षका लागि नगरपालिकाले कोषको लागि १ करोड रुपैँया विनियोजन गरेको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले बताउनुभयो । नगरपालिकाले विपद्का कारण समस्यामा परेका नागरिकलाई पहिलो प्राथमिकता दिने गरी केही दिनमा नै एउटा एम्बुलेनस सञ्चालनमा ल्याउन लागेको छ ।

बाढी आउने र कृषि क्षेत्रमा क्षति पुरयाउने सम्भावना रहेकाले पशु र वाली बिमा गर्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । चालु आर्थिक बर्षमा विपद् व्यवस्थापनको लागि विनियोजन गरेको रकम कोरोना रोकथामको लागि धेरै खर्च भएका छन् । वडा स्तरमा रहेका विपद् व्यवस्थापन समितीलाई आवश्यक तालिम दिने र सक्रिय बनाइ राख्ने वरिष्ठ प्रसाशकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

भुम्लु गाउँपालिका
भुम्लु गाउँपालिकाले पनि पहिरो जाने सम्भावना रहेको ठाउँका नागरिकलाई ग्याविन जाली वितरण गर्ने तयारी गरिरहेको छ । घर र ब्यक्ति बचाउन पालिकाले विशेष कार्यक्रममा ल्याउने अध्यक्ष गुमानध्वज कुवँरले बताउनुभयो । पालिकाका प्रायः बस्ती खोल्सा आसपास रहेकाले खोल्साबाट आउने भेलका कारण घरहरुमा क्षती पुगिरहेको छ ।

दोलालघाट क्षेत्रमा खोलामा आउने बाढीले क्षती पुर्याउन सक्ने सम्भावना रहेका छ । विपद् व्यवस्थापनको लागि भनेर पालिकाले कोषमा अहिले ४० लाख रुपैँया रहेको छ । आगामी आर्थिक बर्ष २०७७÷७८ मा ३० लाख रुपैँया थप हुने पालिकाले जानाएको छ ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार  ७ : ४१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले