२०८३, ११ बैशाख शनिबार

मण्डनदेउपुर र पाँचखालका थप दुई जनामा कोरोना संक्रमण

मण्डनदेउपुर र पाँचखालका थप दुई जनामा कोरोना संक्रमण


धुलिखेल, २९ असारः काभ्रेमा फेरी थप दुई जना कोरोना संक्रमित थपिएका छन् । आज धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा मण्डनदेउपुर नगरपालिका २७ बर्षीय पुरुष र पाँचखाल नगरपालिकाका २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ का ती पुरुष साउदी अबरबाट आएर क्वारेन्टाइनमा बसिरहेका थिए । मण्डनदेउपुर नगरपालिकामा हालसम्म १ सय १ जना क्वारेन्टाइन बसिकेका छन् भने आज १६ जना रहेका छन् ।

पाँचखालका संक्रमित पुरुष वडा नम्बर १० का हुन् । साउदी अबरबाटै नेपाल आइपुगेका उनी होल्डिङ सेन्टर हुदैँ असार ८ गते क्वारेन्टाइन पुगेका थिए । पाँचखालमा आज २३ जना क्वारेन्टाइनमा रहेका छन् ।

पोजेटिभ देखिएको दुबै जनालाई उपचारका लागि टेकु अस्पताल पठाइएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सदस्य सचिव नरेन्द्र कुमार झाले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । त्यस मध्ये १० उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार  ५ : ३३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले