२०८३, २९ जेष्ठ शनिबार

नेकपा काभ्रेमा अध्यक्ष र सचिवले ओली समूहको ध्यानाकर्षण पत्र बुझिलिन मानेनन्

नेकपा काभ्रेमा अध्यक्ष र सचिवले ओली समूहको ध्यानाकर्षण पत्र बुझिलिन मानेनन्


धुलिखेल, २८ असारः पाँचदिन पहिला अर्थात असार २४ गते नेकपा काभ्रेको भ्रातृ संगठनको तर्फबाट भन्दै जिल्ला पार्टी कार्यालय मार्फत केन्द्रिय कमिटीलाई ज्ञान पत्र बुझाए । त्यसको पाँचदिन पछि फेरी भ्रातृ संगठनकै नाममा पार्टी कार्यालय बनेपामा कार्यकर्ता भेला भएर ध्यानाकर्षण गराइएको छ ।

पाँचदिन अघिको उस्तै झल्को दिने कार्यक्रममा पुग्ने कर्ताकर्ताको अनुहार भने विलकुलै फरक छ । पाँचदिन अघि पूर्वमाओवादीको समर्थनमा माधव कुमार नेपाल समूहले ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापन पत्र पार्टी अध्यक्ष रुकु चौलागाई र सचिव टोक बहादुर वाइबाले बुझिलिएका थिए ।

तर आजको ध्यानाकर्षण पत्र भने पार्टी अध्यक्ष चौलागाई र सचिव वाइबाले बुझिलिएनन् । अध्यक्ष र सचिव कार्यक्रममै सहभागि भएनन् । सचिव वाईबाले आफु आजको कार्यक्रम बारे जानकार भएपछि नगरपालिकाको कामका कारण आउन नसक्ने जवाफ दिएको बताउनुभयाे । ओली समूहको भनेर ध्यानाकर्षण पत्र बुझ्न नआउनु भएको हो ? भन्ने हाम्रो प्रश्नमा सचिव वाइबाले भन्नु भयाे ‘ओली, प्रचण्ड, नेपाल भन्ने होइन्, मैले साथिहरुलाई आउन नसक्ने जवाफ हिजै दिइसकेको थिए, उनले भने ‘यसो गरिरहनु आवश्यक नै थिएन् ।’

आइतबार सार्वजिनक गरिएको ध्यानाकर्षण पत्रमा राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटी संयोजक विक्रम चौलागाई, अनेरास्ववियूका संयोजक उपेन्द्र शर्मा, अनेमसंघका संयोजक कमला काफ्ले, अखिल नेपाल किसान महासंघका संयोजक विदुर प्रसाद हुमागाई र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का संयोजक विदुर खत्रीले हस्ताक्षर गरेका छन् । उनीहरु सबै ओली गुटका मानिन्छन् ।

पाँचदिन अघि बुझाइएको ज्ञापन पत्रमा राष्ट्रिय संघ नेपाल, अनेरास्ववियू, अलिख नेपाल महिला संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र अलिखेल नेपाल किसान संघ उल्लेख गरिएको छ । त्यहाँ हस्ताक्षर पनि गरिएको छ । तर हस्ताक्षर गर्ने ब्यक्तिको नाम र पद खुलाइएको छ । उनीहरुले पार्टीलाई फुटबाट जोगाउन ज्ञापनपत्र बुझाएको दाबी गरेका छन् ।

तर ओली समूहले भने स्पष्टसँग संगठनका आधिरिक ब्यक्रिको हस्ताक्षर बिनाको ज्ञापनपत्र पार्टीको अध्यक्ष र सचिवले बुझिलिएको प्रति इंकित गर्दै विधि, विधान र पद्धतिको उपहास भएको दाबी गरेका छन् । उनीहरुले अध्यक्ष र सचिवलाई बुझाएको ज्ञापनपत्र आफ्नो संगठनको आधिकारिक धारणा र मान्यता नभएको समेत बताएका छन् ।

ओली समूहको ध्यानापकर्ष पत्र बुझ्न अध्यक्ष सचिव नआएपछि पार्टी कार्यालयको भित्तामा टाँसेर फर्किएका छन् । राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटी संयोजक विक्रम चौलागाईले अध्यक्ष र सचिवलाई कार्यक्रममा सहभागि भइदिनका लागि पटक पटक आग्रह गर्दा पनि अस्वीकार गरेको बताउनुभयो । ‘यो कुनै गुट भन्दा पनि पार्टी विधि र विधानको कुरा हो, यसअघि साथीहरुले बुझाएको ज्ञापनपत्र कुनै आधिकारी होइन्, चौलागाईले भन्नुभयो ‘कार्यक्रममा उपस्थितिका लागि पार्टी जिल्ला कमिटी अध्यक्ष र सचिव आग्रह गरेको थियौँ, तर उहाँहरु सहभागि हुनुभएन् ।’

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  १२ : १७ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको