२०८२, ११ माघ आईतबार

नेकपा काभ्रेमा अध्यक्ष र सचिवले ओली समूहको ध्यानाकर्षण पत्र बुझिलिन मानेनन्

नेकपा काभ्रेमा अध्यक्ष र सचिवले ओली समूहको ध्यानाकर्षण पत्र बुझिलिन मानेनन्


धुलिखेल, २८ असारः पाँचदिन पहिला अर्थात असार २४ गते नेकपा काभ्रेको भ्रातृ संगठनको तर्फबाट भन्दै जिल्ला पार्टी कार्यालय मार्फत केन्द्रिय कमिटीलाई ज्ञान पत्र बुझाए । त्यसको पाँचदिन पछि फेरी भ्रातृ संगठनकै नाममा पार्टी कार्यालय बनेपामा कार्यकर्ता भेला भएर ध्यानाकर्षण गराइएको छ ।

पाँचदिन अघिको उस्तै झल्को दिने कार्यक्रममा पुग्ने कर्ताकर्ताको अनुहार भने विलकुलै फरक छ । पाँचदिन अघि पूर्वमाओवादीको समर्थनमा माधव कुमार नेपाल समूहले ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापन पत्र पार्टी अध्यक्ष रुकु चौलागाई र सचिव टोक बहादुर वाइबाले बुझिलिएका थिए ।

तर आजको ध्यानाकर्षण पत्र भने पार्टी अध्यक्ष चौलागाई र सचिव वाइबाले बुझिलिएनन् । अध्यक्ष र सचिव कार्यक्रममै सहभागि भएनन् । सचिव वाईबाले आफु आजको कार्यक्रम बारे जानकार भएपछि नगरपालिकाको कामका कारण आउन नसक्ने जवाफ दिएको बताउनुभयाे । ओली समूहको भनेर ध्यानाकर्षण पत्र बुझ्न नआउनु भएको हो ? भन्ने हाम्रो प्रश्नमा सचिव वाइबाले भन्नु भयाे ‘ओली, प्रचण्ड, नेपाल भन्ने होइन्, मैले साथिहरुलाई आउन नसक्ने जवाफ हिजै दिइसकेको थिए, उनले भने ‘यसो गरिरहनु आवश्यक नै थिएन् ।’

आइतबार सार्वजिनक गरिएको ध्यानाकर्षण पत्रमा राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटी संयोजक विक्रम चौलागाई, अनेरास्ववियूका संयोजक उपेन्द्र शर्मा, अनेमसंघका संयोजक कमला काफ्ले, अखिल नेपाल किसान महासंघका संयोजक विदुर प्रसाद हुमागाई र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का संयोजक विदुर खत्रीले हस्ताक्षर गरेका छन् । उनीहरु सबै ओली गुटका मानिन्छन् ।

पाँचदिन अघि बुझाइएको ज्ञापन पत्रमा राष्ट्रिय संघ नेपाल, अनेरास्ववियू, अलिख नेपाल महिला संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र अलिखेल नेपाल किसान संघ उल्लेख गरिएको छ । त्यहाँ हस्ताक्षर पनि गरिएको छ । तर हस्ताक्षर गर्ने ब्यक्तिको नाम र पद खुलाइएको छ । उनीहरुले पार्टीलाई फुटबाट जोगाउन ज्ञापनपत्र बुझाएको दाबी गरेका छन् ।

तर ओली समूहले भने स्पष्टसँग संगठनका आधिरिक ब्यक्रिको हस्ताक्षर बिनाको ज्ञापनपत्र पार्टीको अध्यक्ष र सचिवले बुझिलिएको प्रति इंकित गर्दै विधि, विधान र पद्धतिको उपहास भएको दाबी गरेका छन् । उनीहरुले अध्यक्ष र सचिवलाई बुझाएको ज्ञापनपत्र आफ्नो संगठनको आधिकारिक धारणा र मान्यता नभएको समेत बताएका छन् ।

ओली समूहको ध्यानापकर्ष पत्र बुझ्न अध्यक्ष सचिव नआएपछि पार्टी कार्यालयको भित्तामा टाँसेर फर्किएका छन् । राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटी संयोजक विक्रम चौलागाईले अध्यक्ष र सचिवलाई कार्यक्रममा सहभागि भइदिनका लागि पटक पटक आग्रह गर्दा पनि अस्वीकार गरेको बताउनुभयो । ‘यो कुनै गुट भन्दा पनि पार्टी विधि र विधानको कुरा हो, यसअघि साथीहरुले बुझाएको ज्ञापनपत्र कुनै आधिकारी होइन्, चौलागाईले भन्नुभयो ‘कार्यक्रममा उपस्थितिका लागि पार्टी जिल्ला कमिटी अध्यक्ष र सचिव आग्रह गरेको थियौँ, तर उहाँहरु सहभागि हुनुभएन् ।’

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  १२ : १७ बजे

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी

मेचे समुदायबाट पहिलोपटक राष्ट्रिय सभामा रोश्नी मेचे

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रोश्नी मेचे निर्वाचित