२०८२, १० पुस बिहीबार

बनेपा १३ मा के भएको हो ?

बनेपा १३ मा के भएको हो ?


धुलिखेल, २७ असारः शुक्रबार जिल्ला कमाण्ड पोष्ट काभ्रेको आधिरिक वितरण आउनु अघि नै जिल्लाका सञ्चारकर्मीहरुले बनेपा र पनौतीका गरी तीन जनामा कोरोना संक्रमण देखिएको भन्दै सामाजिक सञ्जाल र आफुले काम गर्ने सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गरे । काभ्रेकामा कोरोना समुदाय स्तरमा फैलिएको समेत आशंका गरियो ।

मध्याह्न तिर जिल्ला कमाण्ड पोष्टले आधिरिकता पुष्टि गर्दै जिल्लामा ६ जना कोरोना संक्रमित भएको वितरण प्रकाशित गर्यो । तर लगत्तै बनेपा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सूर्य नारायण नापितले सामाजिक सञ्जालमा अपुष्ट समाचार भन्दै त्यसको पछि नलाग्न वडाबासीलाई आग्रह गरे छ ।

वडाध्यक्ष नापितले आफ्नो वडामा कोरोना संक्रमित भनिएका ब्यक्तिमा कोरोना संक्रमण नभएको दाबी गरे । उनले ती ब्यक्तिमा काेराेना नेगेटिभ रहेको रिपोर्ट आफुसँग रहेको दाबी गर्दै भ्रमित पार्न कसैले नहुने बताए ।

यसो भन्छ जिल्ला कमाण्ड पोष्ट
जिल्ला कमाण्ड पोष्टले भने आफु खुशी भन्दा पनि ल्याबको रिपोर्ट अनुसार तथ्याङ्क अध्यावधिक गरेको दाबी गरेको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन डाक्टर नरेन्द्रकुमार झाले ल्याबको रिपोर्टलाई आधार मान्न आग्रह गरे । ‘यो आफु खुशी जसले मन लाग्यो उसलाई कोरोना संक्रमण छ वा छैन भन्ने विषय होइन, उनले भने प्रयोगशालामा पिसिआर परीक्षण गर्दाको रिपोर्टमा जे आउँछ त्यसैलाई आधिकारी मान्ने हो ।’

बनेपाको स्वास्थ्य शाखा भन्छः पहिले संक्रमित हुन तर अहिले निको भइसके
बनेपा नगरपालिका वडा नम्बर १३ का ३२ बर्षीय ती पुरुषमा कोरोना संक्रमण असार १७ गते नै देखिएको स्वास्थ्य शाखाले जनाएको छ । लकडाउन अघि ती संक्रमित ब्यक्ति काठमाण्डौमा काम गर्थे । लकडाउन सुरु भएपछि आफ्नै घरमा बसिरहेका थिए । लकडाउन खुकुलो भएसँगै साहुले बोलाएर उनी काम गर्न काठमाण्डौ गएको स्वास्थ्य शाखा संयोजक सत्यश्वर मकै श्रेष्ठले बताए । उनी सहित अन्य ५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

पाँचै जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरियो । परीक्षमा बनेपाका ती ब्यक्तिमा कोरोना पोजेटेभि देखियो । बलम्बु स्थित सशस्त्र प्रहरीको कोरोना अस्पतालमा उपचारपछि उनी निको भइसकेको स्वास्थ्य शाखा संयोजक श्रेष्ठले बताए ।

सूचनामा ढिलाइ

बनेपाका ती ब्यक्ति संक्रमित हुन भन्ने कुरा ल्याब रिपोर्टले पुष्टि गर्छ । तर आम जनमानसमा आइपुग्ने सूचना भने निकै ढिलो भएको पाइन्छ । असार १७ गते नै संक्रमित भएको भनिएका ती ब्यक्तिको विवरण जिल्लामा २६ गते मात्रै आउँछ । र त्यसैलाई आजै मात्र पुष्टि भए झै गरी सार्वजनिक गर्दा निको भइसकेका ब्यक्तिमा नकारात्मक असर पर्न सक्छ ।

त्यसैले जिम्मेवार निकाय थप जिम्मेवार हुन आवश्यक छ । तर जिल्लामा कोरोना संक्रमितको विवरण उपलब्ध गराउने मामिलामा यसअघि देखिनै ढिलाई हुदैँ आइरहेको तिताे यथार्थ छ । कमाण्ड पोष्टले आफुसँग नजिक सम्बन्ध रहेका सञ्चारकर्मीलाई मात्रै पहिलो सूचना उपलब्ध गराउने गरेको छ । अन्य सञ्चार कर्मीले प्रकाशित भइसकेको समाचारलाई आधार मान्नु पर्ने अवस्था छ ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार  १० : २१ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय