२०८२, १० पुस बिहीबार

काभ्रेमा माक्स नलगाउने ४१५ जना कारबाहीमा

काभ्रेमा माक्स नलगाउने ४१५ जना कारबाहीमा


धुलिखेल, २६ असारः काभ्रे प्रहरीले माक्स नलगाई हिड्ने ४१५ जनालाई कारबाही गरेको छ । जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानहरुमा प्रहरीले कारबाही गरेको हो ।

कारबाही पर्नेमा २ सय ३९ जना पुरुष र १ सय ८० जना महिला रहेका छन् । उनीहरुलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिइ सम्झाई बुझाई छाडेको छ । जिल्ला प्रशासन कार्यालय कार्यालय एक सुचना जारी घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन उर्दी जारी गरेको थियो ।

यसैबीच जिल्लामा क्वारेन्टाइन बेड संख्या ८५१ पुर्याइएको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १ सय ५२ र सबैभन्दा कम जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा २४ वेडको क्वारेन्टाइन रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । आज जिल्लाको विभिन्न क्वारेन्टाइनमा १ सय ४२ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार  ४ : ५८ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय