२०८३, ११ बैशाख शनिबार

सिन्धुपाल्चोकको तातोपानीमा तीन घरमा क्षति, बस्ती नै पहिरोको उच्च जोखिममा

सिन्धुपाल्चोकको तातोपानीमा तीन घरमा क्षति, बस्ती नै पहिरोको उच्च जोखिममा


धुलिखेल, २६ असारः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ तातोपानीमा अविरल बर्षासँगै आएको पहिरोले तीन घरमा क्षति पुर्याएको छ । वडाध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठका अनुसार खहरे र खाल्साहरुमा आएको लेदोले घरमा क्षति पुगेको हो ।

लार्चा खोलाले समेत एक जना बगाएको अपुष्ट खबर पाएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँमा टेलिफोन सम्पर्कमा समेत टुटेकाले वास्तविक विवरण आउन मुस्किल परेको छ ।

भैरवकुण्ड हाइड्रो पावरमा समेत क्षति पुगेको बताइएको छ । हाइड्रो पावर रहेको क्षेत्रमा १५÷२० धुरी घर रहेको र त्यो बस्ती पनि खोजिममा रहेको वडाध्यक्ष श्रेष्ठले बताए । केहिदिन अघि पनि हाइड्रो पावर रहेको ठाउँमा पहिरो खसेको बताइएको छ ।

प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार  ९ : ५२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले