२०८३, ६ कार्तिक शुक्रबार

महाभारतमा ८० र चौरीदेउरालीमा ६५ प्रतिशत योजनाको काम सकियो

महाभारतमा ८० र चौरीदेउरालीमा ६५ प्रतिशत योजनाको काम सकियो


धुलिखेल, २२ असारः काभ्रेको महाभारत गाउँपालिकामा चालु आर्थिक बर्ष २०७६/७७ को योजनाको काम अन्तिम चरणमा पुगेको छ । १ सय ४० वटा योजना बनाएको पालिकाले ८० प्रतिशत योजना सम्पन्न गरेको छ । यसमा सबै भन्दा धेरै खानेपानी तर्फका योजना छन् ।

कामहरु सम्पन्न हुने प्रक्रियामा रहेकाले ९५ प्रतिशत सम्म काम हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशेक विष्टले जानकारी दिनुभयो । पालिकामा लक्षित वर्गकालागि बनाइएको योजना भनेसम्पन्न हुन सकेका छैन ।

यसैबीच काभ्रेको दुर्गम कोशीपारी क्षेत्रमा पर्ने चौरीदेराली गाउँपालिकाले ६५ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक बर्षकालागि पालिकाले ३२ करोड रुपैँया विनियोज गरेको थियो । यो बजेटबाट पालिकामा खानेपानीको काम धेरै भएका छन् ।

८० प्रतिशत योजना सक्काउने योजना बनाएको पालिकाले लक्षित वर्गको लागि बनाएको योजना पनि सबै सम्पन्न गरेको पालिकाका अध्यक्ष दिननाथ गौतमले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  ८ : ३३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा