२०८३, १२ कार्तिक बिहीबार

युवा नेता शाहले आफ्नो पुख्र्यौली थलो पठाए खानेपानीको पाइप

युवा नेता शाहले आफ्नो पुख्र्यौली थलो पठाए खानेपानीको पाइप


धुलिखेल, २२ असार : राष्ट्रिय युबा संघ नेपालका केन्द्रिय सदस्य भेष राज शाही ठकुरीले आफ्नो पुख्र्यौली गाउँमा खानेपानीको पाइप पठाएका छन् । उनको बिषेश पहलमा रोशी गाँउपालिका वडा न ६ नवल गाँउका लागि खानेपानीको पाइप खानेपानी पठाएको मंगल थान नवल नाग पानी उपभोक्ता समिति परिवारले जनाएको छ ।

डेढ इन्च १५ कोयल र एक इन्चको ५ कोयल पाइप गरी २३ सय मिटर पाइप शाहको पहलमा गाउँ आइपुगेको उपभोक्ता समितिले जनाएको छ । २०७२ सालको बिनाशकारी भूकम्पले स्थानीयले बर्षौ देखि खादैँ आएको खानेपानी अवरुद्ध बनाएको थियो । पाइप पुगेपछि पिउने पानी र सिचाईका लागि सजिलो हुने स्थानीय युवा राजकुमार शाहले बताए ।

उनका अनुसार गाउँपुगेको पाइप भिछ्याउने काम समेत सुरु भइसकेको छ । १५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने राजकुमार शाहले बताए । ‘भेषराज जीले सहजीकरण गरेर गाउँसम्म पाइप पुर्याइदिन निकै ठूलो योगदान गर्नुभएको छ, राजकुमारले भने ‘हामी खुशी छौँ ।’

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  १२ : ४३ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता