२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा एकैदिन चार काेराेना संक्रमित थपिए

काभ्रेमा एकैदिन चार काेराेना संक्रमित थपिए


धुलिखेल, २१ असारः काभ्रेमा एकैदिन चार जना काेराेना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा पाँचखाल नगरपालिकाका दुईजना, महाभारत गाउँपालिका घर भई हाल धुलिखेलस्थित सञ्जिवनी क्वारेन्टाईनमा बस्दै आएको एक जना र बनेपा नगरपालिका नगरपालिकाका एक रहेका छन् ।

संक्रमित हुनेमा दुबईबाट असार ९ गते पाँचखालको क्वारेन्टाइनमा आएका पाँचखाल नगरपालिका वडा नम्बर १ का २६ बर्षीय पुरुष र साउदीबाट असार १३ गते आएका ३१ बर्षीय पुरुष छन् ।

त्यस्तै बुडोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्र क्वारेन्टाइनमा बस्ने साउदीबाट आएका बनेपा नगरपालिका वडा नम्बर १२ का २८ बर्षीय पुरुष र धुलिखेल स्थित सञ्जीवनी माविको क्वारेन्टाइनमा बस्ने दुबई बाट आएका महाभारत गाउँपालिका वडा नम्बर २ का २२ बर्षीय पुरुष रहेकाे स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । त्यस मध्ये ७ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । जिल्लाको १३ वटा स्थानीय तह मध्ये पाँचखाल नगरपालिका, पनौती नगरपालिका, रोशी, बेथानचोक र महाभारत गाउँपालिकामा संक्रमित देखिएको छ ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  ७ : ४३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय