२०८३, १६ बैशाख बिहीबार

भुम्लुमा ९५ र मण्डनदेउपुर ७५ प्रतिशत योजना सकियो

भुम्लुमा ९५ र मण्डनदेउपुर ७५ प्रतिशत योजना सकियो


धुलिखेल, २१ असारः काभ्रेको दुर्गम कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाले ९५ प्रतिशत योजनाको भुक्तानी भैसकेको बताएको छ । चालु आर्थिक बर्ष २०७६÷७७ मा अब ५ प्रतिशत मात्र योजना सम्पन्न हुन बाँकी रहेको उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

लक्षित बर्गको काम पनि आधा भन्दाबढी सक्किएको छ । यो वर्ष नसकिएका कतिपय योजनाले आगामी आर्थिक वर्ष पनि निरन्तरता पाउनेछन् । उपाध्यक्ष श्रेष्ठका अनुसार योजनाको अनुगमनको काम पनि निरन्तर भइरहेको छ ।

यसैबीच मण्डनदेउपुर नगरपालिकामा पनि चालु आर्थिक बर्ष २०७६÷७७ को योजनाको काम अन्तिम चरणमा पुगेको छ । नगपालिकामा ७५ प्रतिशत योजना सकिएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।

कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रका योजनाहरु प्राय सकिएका छन् । चालु आर्थिक वर्ष २०७६÷७७ मा नगरसभाले ३ सय ९० वटा योजनाका लागि ८२ करोड ७७ लाख ४० हजार ७ सय ४८ रुपैँयाको बजेट विनियोजन गरेको थियो ।

लक्षित वर्ग तर्फका अधिकांश कार्यक्रम भने गर्न नसकिएको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउनुभयो । ५० वटा योजनाको भने रकमान्तरण गरिएको छ ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  ६ : ०४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले