२०८३, ६ कार्तिक शुक्रबार

भुम्लुमा ९५ र मण्डनदेउपुर ७५ प्रतिशत योजना सकियो

भुम्लुमा ९५ र मण्डनदेउपुर ७५ प्रतिशत योजना सकियो


धुलिखेल, २१ असारः काभ्रेको दुर्गम कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाले ९५ प्रतिशत योजनाको भुक्तानी भैसकेको बताएको छ । चालु आर्थिक बर्ष २०७६÷७७ मा अब ५ प्रतिशत मात्र योजना सम्पन्न हुन बाँकी रहेको उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

लक्षित बर्गको काम पनि आधा भन्दाबढी सक्किएको छ । यो वर्ष नसकिएका कतिपय योजनाले आगामी आर्थिक वर्ष पनि निरन्तरता पाउनेछन् । उपाध्यक्ष श्रेष्ठका अनुसार योजनाको अनुगमनको काम पनि निरन्तर भइरहेको छ ।

यसैबीच मण्डनदेउपुर नगरपालिकामा पनि चालु आर्थिक बर्ष २०७६÷७७ को योजनाको काम अन्तिम चरणमा पुगेको छ । नगपालिकामा ७५ प्रतिशत योजना सकिएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।

कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रका योजनाहरु प्राय सकिएका छन् । चालु आर्थिक वर्ष २०७६÷७७ मा नगरसभाले ३ सय ९० वटा योजनाका लागि ८२ करोड ७७ लाख ४० हजार ७ सय ४८ रुपैँयाको बजेट विनियोजन गरेको थियो ।

लक्षित वर्ग तर्फका अधिकांश कार्यक्रम भने गर्न नसकिएको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउनुभयो । ५० वटा योजनाको भने रकमान्तरण गरिएको छ ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  ६ : ०४ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा