२०८२, २५ भाद्र बुधबार

मेलम्ची बजारको निगरानीका लागि सीसी क्यामेरा जडान

मेलम्ची बजारको निगरानीका लागि सीसी क्यामेरा जडान


धुलिखेल, २१ असारः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारको निगरानी राख्न सीसी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा शान्ती सुरक्षामा कुनै खलल आइहाले दोषि पत्ता लगाउन सजिलो हो भनेर सीसी क्यामेरा जडान गरिएको नगरपालिकाले जनाएको छ ।

सीसी क्यामेरा आज जडान गरिएको हो । इलाका प्रहरी कार्यालय परिसरमा २ वटा र बाँकी ११ वटा मेलम्ची खानेपानी आयोजनाको कार्यालय देखि बजार अस्पताल क्षेत्रमा जडान गरिएको मेलम्ची नगर पालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।

सीसी क्यामेरा जडानका लागि मेलम्ची नगरपालिकाले चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै उपभोक्ता समितिबाट संकलन गरिएको साठ्ठी हजार रुपैयाबाट क्यामेरा खरिद गरि जडान गरिएको उपभोक्ता समितिका संयोजक गुणनिधि दुलालले जानकारी दिनुभयो ।

सीसी क्यामेराको कन्ट्रोल इलाका प्रहरी कार्यालयले गर्ने छ । क्यामेरा जडानपछि सुरक्षामा थप सजिलो हुने इलाका प्रहरी कार्यालयका प्रमुख फल बहादुर तामाङले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  ४ : ३० बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा