२०८३, २० आश्विन बुधबार

मेलम्ची बजारको निगरानीका लागि सीसी क्यामेरा जडान

मेलम्ची बजारको निगरानीका लागि सीसी क्यामेरा जडान


धुलिखेल, २१ असारः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारको निगरानी राख्न सीसी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा शान्ती सुरक्षामा कुनै खलल आइहाले दोषि पत्ता लगाउन सजिलो हो भनेर सीसी क्यामेरा जडान गरिएको नगरपालिकाले जनाएको छ ।

सीसी क्यामेरा आज जडान गरिएको हो । इलाका प्रहरी कार्यालय परिसरमा २ वटा र बाँकी ११ वटा मेलम्ची खानेपानी आयोजनाको कार्यालय देखि बजार अस्पताल क्षेत्रमा जडान गरिएको मेलम्ची नगर पालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।

सीसी क्यामेरा जडानका लागि मेलम्ची नगरपालिकाले चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै उपभोक्ता समितिबाट संकलन गरिएको साठ्ठी हजार रुपैयाबाट क्यामेरा खरिद गरि जडान गरिएको उपभोक्ता समितिका संयोजक गुणनिधि दुलालले जानकारी दिनुभयो ।

सीसी क्यामेराको कन्ट्रोल इलाका प्रहरी कार्यालयले गर्ने छ । क्यामेरा जडानपछि सुरक्षामा थप सजिलो हुने इलाका प्रहरी कार्यालयका प्रमुख फल बहादुर तामाङले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  ४ : ३० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको