२०८३, २० जेष्ठ बिहीबार

तेमालमा स्वदेशी ब्यापारीलाई आरडिटी र विदेशीलाई पिसिआर अनिवार्य

तेमालमा स्वदेशी ब्यापारीलाई आरडिटी र विदेशीलाई पिसिआर अनिवार्य

अटेर गरे १४ दिन क्वारेटाइनमा राखिने


धुलिखेल, २१ असारः काभ्रेको तेमाल गाउँपालिकाले स्वदेशी तथा विदेशी ब्यापारीलाई पालिकाभित्र प्रवेशमा कडाइ गरेको छ । बोधिचित्तको फल ओसार पसारको लागि स्वदेशी तथा विदेशी ब्यापारीहरु गाउँपालिकाभित्र प्रवेश गरेको भन्दै कडाइ गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्यमण कुईकेलले बताउनुभयो ।

तेमाल गाउँपालिकाभित्र प्रवेश गर्न चाहाने स्वदेशी ब्यापारीले आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरी नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्ने छ । त्यस्तै विदेशी ब्यापारीहरुको हकमा पिसिआर परीक्षण गरी नेगेटिभ भएको रिपोर्ट अनिवार्य पेश गरेर मात्रै पालिकाभित्र प्रवेश गर्न पाइने प्रमुख प्रशासकिय अधिकृत कुईकेलले बताउनुभयो ।

पालिकाले जारी गरेको सूचना अटेर गरेको पाइए नियमानुसार १४ दिन गाउँपालिकाले ब्यवस्था गरेको क्वारेटाइनमा राखिने बताइएको छ । क्वारेन्टाइन बसेपछि कोरोना परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्रै आवज जावात गर्न दिइने पालिकाले जनाएको छ ।

बोधिचित्त फल उत्पादनका हिसाबले तेमाल विश्वकै उत्कृष्ट क्षेत्रभित्र पर्छ । अहिले बोधिचित्तको फल टिप्ने बेला भएका कारण स्वदेशी तथा विदेशी ब्यापारीहरुको आवात जावात निकै बाक्लिएको स्थानीयहरुले बताएका छन् । बोधिचित्तको फल बेचेरै तेमालमा बार्षिक करोडौँ रकम भित्र्ने गरेको छ । फलको आम्दानीबाट स्थानीयको जीवन शैलीमा समेत आमुल परिवर्तन आएको छ ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  ३ : ५३ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल