२०८३, ७ कार्तिक शनिबार

तेमालमा स्वदेशी ब्यापारीलाई आरडिटी र विदेशीलाई पिसिआर अनिवार्य

तेमालमा स्वदेशी ब्यापारीलाई आरडिटी र विदेशीलाई पिसिआर अनिवार्य

अटेर गरे १४ दिन क्वारेटाइनमा राखिने


धुलिखेल, २१ असारः काभ्रेको तेमाल गाउँपालिकाले स्वदेशी तथा विदेशी ब्यापारीलाई पालिकाभित्र प्रवेशमा कडाइ गरेको छ । बोधिचित्तको फल ओसार पसारको लागि स्वदेशी तथा विदेशी ब्यापारीहरु गाउँपालिकाभित्र प्रवेश गरेको भन्दै कडाइ गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्यमण कुईकेलले बताउनुभयो ।

तेमाल गाउँपालिकाभित्र प्रवेश गर्न चाहाने स्वदेशी ब्यापारीले आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरी नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्ने छ । त्यस्तै विदेशी ब्यापारीहरुको हकमा पिसिआर परीक्षण गरी नेगेटिभ भएको रिपोर्ट अनिवार्य पेश गरेर मात्रै पालिकाभित्र प्रवेश गर्न पाइने प्रमुख प्रशासकिय अधिकृत कुईकेलले बताउनुभयो ।

पालिकाले जारी गरेको सूचना अटेर गरेको पाइए नियमानुसार १४ दिन गाउँपालिकाले ब्यवस्था गरेको क्वारेटाइनमा राखिने बताइएको छ । क्वारेन्टाइन बसेपछि कोरोना परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्रै आवज जावात गर्न दिइने पालिकाले जनाएको छ ।

बोधिचित्त फल उत्पादनका हिसाबले तेमाल विश्वकै उत्कृष्ट क्षेत्रभित्र पर्छ । अहिले बोधिचित्तको फल टिप्ने बेला भएका कारण स्वदेशी तथा विदेशी ब्यापारीहरुको आवात जावात निकै बाक्लिएको स्थानीयहरुले बताएका छन् । बोधिचित्तको फल बेचेरै तेमालमा बार्षिक करोडौँ रकम भित्र्ने गरेको छ । फलको आम्दानीबाट स्थानीयको जीवन शैलीमा समेत आमुल परिवर्तन आएको छ ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  ३ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना