२०८३, ६ कार्तिक शुक्रबार

मेलम्ची सुरुङको परीक्षण सुरू

मेलम्ची सुरुङको परीक्षण सुरू


काठमाडौं, २१ असार: मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण थालिएको छ । यसका लागि सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङमा पानी हाल्न थालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

यसबारे जानकारी दिन खानेपानी मन्त्री विना मगरले ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छिन् । निकै लामे समय अन्योलमा परेको मेलम्ची आयोजनामा अहिलेसम्म हेडवर्क्स तयार भएको छैन । तर, डाइभर्सन सुरुङमार्फत मेलम्ची खोलको पानी कफर ड्याम बनाएर भित्र हालिएको हो ।

अब योसँगै आयोजनाको सुरुङको परीक्षण प्रक्रिया थालनी भएको छ । यसपछि एकपटक पानी खाली गरेर सुरुङको अवस्था जाँच गरिनेछ । त्यसपछि मात्रै व्यवसायिक रुपमा पानी ल्याउने गरी फेरि सुरुङमा पानी भर्न सुरु गरिने बताइएको छ ।

इटालियन कम्पनी सीएमसी गएपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ ।

तत्कालै खस्दैन धारामा

सरकारले भनेअनुसार असारमै सुन्दरीजल आइहाले पनि उपभोक्ताले तन्कालै मलेम्चीको पानी पाउने अवस्था हुँदैन । मेलम्चीको पानी वितरण गर्न शहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकीमा पानी पुर्‍याउन ठूला पाइपहरु जोडिएका छन् ।

ट्यांकी र वितरण पाइपलाइनको सफाइ र परीक्षण गर्न नै तीन महिनाभन्दा बढी लाग्ने अनुमान छ । चक्रपथ आसपासका एक तिहाई क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ । महाराजगञ्ज, धुम्बाराही, सामाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ । पुरानो पाइपलाइन निकै पुरानो भएकाले ‘लिकेज’को समस्या पनि ठूलो छ ।

सुन्दरीजलमा पानी खसाल्नासाथ उपभोक्ताको घरमा पानी आइहाल्ने अवस्था छैन । सरकारले आयोजनाको दोस्रो चरणको निर्माण कार्य शुरु गर्न आगामी वर्ष ५ अर्ब ४६ करोड विनियोजन पनि भएको छ । काठमाडौं उपत्यका खानेपानी र ढल निकास व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड पनि छुट्याइएको छ ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  २ : ४८ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा