२०८२, २३ असार सोमबार

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा औषधीको मनलाग्दी शुल्क

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा औषधीको मनलाग्दी शुल्क


धुलिखेल, २० असारः सिन्धुपाल्चोक जिल्लाका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै औषधीमा बिरामीलाई ठगिरहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाको बजार क्षेत्रका औषधि पसलमा गरिएको अनुगमनका क्रममा वास्तविक मूल्य भन्दा वढी मूल्यमा औषधि विक्री भइरहेको पाइएको प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार सेतीदेवी मेडिकल राम्चेले बढी मूल्यमा औषधि बिक्री गरेको पाइएको हो । औषधि पसलले ६० रुपैँया पर्ने औषधिलाई दुई हजार ४ सयसम्म लिएको पाइएको छ । औषधि बिक्रीवितरण गर्दा बिल नदिएको पाइएको नगरप्रमुख शेर्पाले बताउनुभयो ।

यसैगरी राम्चेमा रहेको कँुवेर मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरी अर्कैले सञ्चालन गरेको पाइएको र सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार  ६ : ३१ बजे

सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत

बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर

पनौती । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै

सोमबारको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको