२०८२, १७ चैत्र बुधबार

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा औषधीको मनलाग्दी शुल्क

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा औषधीको मनलाग्दी शुल्क


धुलिखेल, २० असारः सिन्धुपाल्चोक जिल्लाका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै औषधीमा बिरामीलाई ठगिरहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाको बजार क्षेत्रका औषधि पसलमा गरिएको अनुगमनका क्रममा वास्तविक मूल्य भन्दा वढी मूल्यमा औषधि विक्री भइरहेको पाइएको प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार सेतीदेवी मेडिकल राम्चेले बढी मूल्यमा औषधि बिक्री गरेको पाइएको हो । औषधि पसलले ६० रुपैँया पर्ने औषधिलाई दुई हजार ४ सयसम्म लिएको पाइएको छ । औषधि बिक्रीवितरण गर्दा बिल नदिएको पाइएको नगरप्रमुख शेर्पाले बताउनुभयो ।

यसैगरी राम्चेमा रहेको कँुवेर मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरी अर्कैले सञ्चालन गरेको पाइएको र सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार  ६ : ३१ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका