२०८२, ७ पुस सोमबार

मण्डदेउपुर नगरपालिका फाँटमा इट्टाभट्ट सञ्चालन गर्न नपाइने

मण्डदेउपुर नगरपालिका फाँटमा इट्टाभट्ट सञ्चालन गर्न नपाइने


धुलिखेल, २० असारः मण्डनदेउपुर नगरपालिकाले नगरपालिकाभित्र वर्षमा तीन बाली लाग्ने फाँटमा ईंटा उद्योग स्थापना गर्न नदिने भएको छ । नगरपालिकाको ७ औँ नगरसभाले आगामी वर्ष पनि फाँटमा ईटा उद्योग सञ्चालन गर्न नदिने कार्यक्रमलाई निरन्तरता दिएको हो ।

आँशिखोला, कुन्ताफाँट, ढाइटारफाँट, चाखोलाफाँट, ढाईटार, सिपाघाट, जोगीटार, ज्वानेटार, हल्देटार, कामीटार, आँपघारी, रायोबारी, राम्चेवेशी, गैह्रीखेत, डुँडे, बोक्से, माझीटार, मजुवा भिमटार, साण्डी, ठुल्डी र जैसिथोक क्षेत्रमा ईट्टा भट्ट सञ्चालन गर्न पाइने छैन । बाली उत्पादन हुने मुख्य ठाउँमा इट्टा भट्ट सञ्चालन गर्दा बालीमा प्रत्यक्ष असर पर्ने भएकाले यस्तो नीति बनाइएको नगरप्रमुख टोक बहादुर वाइबाले बताउनुभयो ।

यसैबीच नगरपालिकाले आगामी आर्थिक वर्षमा नकुहिने फोहोर ब्यवस्थापन गर्न ल्याण्डफिल साइटको भौतिक पूर्वाधारको निमार्ण गर्ने भएको छ । कुहिने फोहोर भने आफ्नै ठाउँमा ब्यवस्थापन गर्न नगरपालिकाभर सचेतना मुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार  ६ : ०६ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको