२०८३, १० आश्विन आईतबार

ओली सरकार ढाल्न काठमाडौंका तारे होटलमा बसेर भारतीय ‘रअ’ काे चलखेल

ओली सरकार ढाल्न काठमाडौंका तारे होटलमा बसेर भारतीय ‘रअ’ काे चलखेल


काठमाडौं, २० असार । नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार गिराउनका लागि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का अधिकारी काठमाडौंमै बसेर सक्रिय रहेको विवरण सतहमा आएका छन् ।

नेपालले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि ओली सरकार गिराउने उपक्रममा नेपाल मामिला हेर्ने प्रमुखदेखि विविध अधिकारी झनै सक्रिय भएर लागी परेको बताइएको छ ।

अर्बपति नेपाली कांग्रेसका सांसद विनोद चौधरीको झम्सिखेलस्थित होटल भिभान्ता, नक्सालस्थित मेरियट होटल र सोल्टी क्राउन प्लाजालाई सेल्टर बनाएर रअका अधिकारी सक्रिय भएका हुन् ।

नेपालकै गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले सरकार गिराउने सन्दर्भमा नेकपाकै कतिपय नेता र प्रतिपक्षी दललगायतसँग रअका अधिकारीको रातभरी संवाद र चलखेल हुने गरेको सूचना तयार पारेको बताइन्छ ।

यसैका आधारमा नै मदन भण्डारीको स्मृतिका सन्दर्भमा प्रधानमन्त्री ओलीले भारत र नेकपाकै कतिपय नेता सरकार गिराएर नेपालमा अस्थिरता ल्याउन लागेको बताएका थिए ।

‘प्रधानमन्त्रीसम्मै आधिकारीक रुपमा सरकार गिराउन र नेपालको स्थिर राजनीतिलाई धमिलो बनाउन भारतीय रअका अधिकारी कसरी लागेका छन् भन्ने सूचना पुगिसकेको छ’, उच्च स्रोतले भन्यो,‘सोही जानकारीको पृष्ठभूमीमा प्रधानमन्त्रीले त्यस्तो बयान दिनु भएको थियो ।’

नेपालको राष्ट्रियतामा भारतीय हस्तक्षेप सह्य हुन नसक्ने भन्नका लागि प्रधानमन्त्री ओली सक्रियताका साथ लाग्दा अहिलेको राजनीतिक अवस्था आई परेको उच्च स्रोतको दाबी छ ।

यसअघि पनि नेपालमा नाकाबन्दी गरेको भारतीय संस्थापनले ओली सरकार गिराउनका लागि तत्कालिन गठबन्धनलाई भत्काउनका निम्ति अविश्वासको प्रस्तावसम्म ल्याउने वातावरण बनाएको थियो । उच्च स्रोतको दाबीअनुसारै भारतीय मिडियाहरूले पनि ओली सरकार संकटमा परेको र भारतको पल्लाभारी भएको भन्दै आगामी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बन्ने जानकारीसहितका समाचार ठूला महत्वका साथ प्रकाशन र प्रसारण गरिरहेका छन् ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार  ३ : २० बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा