२०८२, ३० असार सोमबार

मकर मेलाको तयारी पनौती नगरपालिकाले यसरी गर्दैछ

मकर मेलाको तयारी पनौती नगरपालिकाले यसरी गर्दैछ


धुलिखेल, १७ असारः प्रत्येक १२ वर्षको अन्तरमा पनौतीमा हुने मकर मेला यहि वर्षको माघ महिनामा लाग्दै छन् । कोरोना भाइरसका कारण अहिले ठूल ठूलो मेला, पर्व, जात्राहरु रोकिएका छन् । सरकारी आँकडाहरुका अनुसार आगामी फागुनसम्मै पनि नेपालमा कोरोना भाइरसको संक्रमण अवस्था रहिरहने छ ।

तर पनौती नगरपालिकाले भने मकर मेला ब्यवस्थापनका लागि काम अगाडी बनाउने निधो गरेको छ । ऐतिहासिक धार्मिक एवं साँस्कृतिक महत्वको १२ बर्षे मकर मेला सम्पन्न गर्न एक सय १ सदस्यीय मुल ब्यवस्थापन समिति गरिनेछ । यो समिति अन्तर्गत पूजा आज, प्रदर्शनी, यातायात, सरसफाई, साँस्कृतिक, प्रचार–प्रसार, सूचना तथा खोज उद्धार, सजावट, स्वास्थ्य र स्वयम सेवक परिचालन हुनेछन् । एक महिनासम्म चल्ने मेलालाई भब्य र ब्यवस्थित बनाउन नगरपालिकाले थुप्रै योजनाहरु अघि सारेको छ ।

नगरपालिकाले मेलालाई थप ब्यवस्थित बनाउन र सहभागिहरुलाई आकर्षक देखाउन रोशी खोता तर्फ सिँढी निर्माण गर्ने भएको छ । रोशी खोला तर्फ ४ स्थानमा चेक ड्याम र पक्की शौचालय मर्मत सुधार, त्रिवेणीघाट कज्वे मुनि अस्थायी शौचालय, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण गरिने नगरप्रमुख भिम प्रसाद न्यौपानेले बताए । गएको जेठ १४ गतेको बाढीले क्षति पुर्याएको त्रिवेणीघाट पैदलयात्री पक्की पुल, संकटा जाने पुल र कोखुशी पुलको पुनःनिर्माण गरिनेछ ।

पनौतीबाट चल्ने सबै सार्वजनिक यातायातका साधनमा ‘Visit Maker Mela 2078 Panauti’ पनौती जाऔँको स्टिकर राखिनेछ । ठमेल, रत्नपार्क, गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बनेपा लगायतका स्थानमा मकर मेला सम्बन्धी सचित्र रंगीन होडिंग बोर्ड र मेला स्थलसम्म पुग्ने दुरी, यातायातका साधनको बारे उल्लेख गरिनेछ ।

पनौतीभित्रका सबै मठमन्दिर, पार्टीमा रंगरोगन, झल्लर तोरण गरिनेछ । ढुंगेधारा मर्मत, थप धाराहरुको ब्यवस्था, फूटपाथ मर्मत, पुलिस पाटी र रामसीता मन्दिरको जस्ताको छानो झिकेर झिंगटी लगाउने, रथहरुको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तिको पर्याप्त ब्यवस्था गर्ने र कज्वे मुनि अस्थायी चिता निर्माण गरिने नगरप्रमुख न्यौपानेले आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।

ढाँडाचौर रानीकोट सूर्य विनायक, मानेदोभान, रानीकोट सूर्यविनायक र जाकीडोल शारदा बीपी राजमार्ग सडकलाई पूर्ण रुपले सञ्चालनमा ल्याइने छ । त्यस्तै निर्माधिन रहेका पनौती बाँसडोल, पनौती खोपासी, पनौती कुशादेवी नमोबुद्ध र पनौती बनेपा र कुशादेवी आशापुरी साँगा सडकलाई जतिसक्दो छिटो सम्पन्न गरी सञ्चालनमा ल्याइने नगरपालिकाको कार्यक्रममा उल्लेख छ ।

मल्मी ड्यामवाट मेला अवधिभर नियमित रुपले रोशी खोलामा पानी बहाइने छ । पुण्यमाता खोलाको ३ स्थानमा पानी बोरिंग गरी खोलामा प्रवाह गर्ने, मल्पी लिलावती बाँसडोल खोलामा पानी प्रवाह गरिनेछ । मकर मेला सुरु हुनुभन्दा कम्तिमा ३ दिन अगाबै खानी तथा खानी जन्य उत्खनन र पैठारीको काम बन्द गरिनेछ ।

मूल्यमा एक रुपता तथा वस्तु एंव सेवामा शुद्धता र स्वच्छता कायम राख्न कोसेली घर, खाजा घर, घरबास र यातायात सेवाको शुल्क कायम गरिनेछ । भिडमा छोडिएका हराएका बेखर्ची भएकालाई कम्तिमा १ दिनको बसाईका लागि भोजन सहितको बस्ने ब्यवस्था मिलाइने नगरप्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार  ८ : २२ बजे

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, योग्यता छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल