२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या ह्वात्तै बढ्यो

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या ह्वात्तै बढ्यो


धुलिखेल, १६ असारः पछिल्लो समय काभ्रे जिल्लामा क्वारेन्टाइन बस्नेको संख्या ह्वात्तै बृद्धि भएको छ । मंगलबार दुई सय जना पुरुष र ३० जना महिना गरी जम्मा २ सय ३० जना क्वारेन्टाइनमा रहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ ।

जिल्लाको सबैभन्दा धेरै रोशी गाउँपालिकामा १ सय १० बेडको क्वारेन्टाइन रहेको छ । त्यस्तै तेमाल गाउँपालिकामा १ सय ५ वेड, मण्डनदेउपुरमा १ सय वेड, धुलिखेलमा एक सय वेड, पनौतीमा ६० वेड, नमोबुद्धमा ५६ वेड र बनेपामा ५० वेडको क्वारेन्टाइन रहेको छ ।

यस्तै पाँचखाल नगरपालिकामा ४० वेड, महाभारत गाउँपालिकामा ४६ वेड, बेथानचोकमा ३९ वेड, चौरीदेउरालीमा ३० वेड, भुम्लुमा ३० वेड र खानीखोलामा २४ बेड क्वारेन्टाइन रहेको छ ।

काभ्रेमा हालसम्म २४ सय ५० जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । ११ सय ६९ जनाको स्वाब संकलन गरी पिसिआर विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ ।

काभ्रे जिल्लामा हालसम्म ६ जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ५ : ३८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना