२०८३, १५ आश्विन शुक्रबार

काभ्रेमा धान रोपाइ ४० प्रतिशत सक्कियो

काभ्रेमा धान रोपाइ ४० प्रतिशत सक्कियो


धुलिखेल, १५ असारः काभ्रे जिल्लामा धान रोपाइको काम ४० प्रतिशत सक्किएको छ । कृषि ज्ञान केन्द्रले हिजो सम्ममा संकलन गरेको विवरण अनुसार काभ्रे जिल्लामा ४० प्रतिशत धान रोपाईको काम सक्किएको छ ।

यसैबीच हामीले संकलन गरेको विवरण अनुसार बनेपा नगरपालिकाकामा यो वर्षको धान रोपाई सतप्रतिशत सक्किएको छ भने पनौती नगरपालिकामा धान रोपाईको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकामा ९० प्रतिशत धान रोपाईको काम सक्किएको छ ।

जेठ १४ गते हावाहुरी सँगै आएको बर्षाको कारण केही ठाउँमा पुनः विउ राख्नुपर्ने भएको कारण १० प्रतिशत बाँकी रहेको कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणि प्रसाद सापकोटले जानकारी दिनुभयो । नगरपालिकाको ५ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

पाँचखाल नगरपालिकामा धान रोपाईको काम ५ प्रतिशत मात्रै सक्किएको छ । नगरपालिकामा धान रोपाईको काम काभ्रेका अन्य ठाउँको तुलनामा ठिला नै सुरु हुने भएकाले थोरै मात्र रोपाईको काम सक्किएको कृषि शाखा प्रमुख ईश्वर प्रसाद अधिकारीले जानकारी दिए ।

बाँकी रहेका ठाउँहरुमा पनि रोपाईको काम धमाधम भइरहेको छ । साउनको दोस्रो हप्ता सम्म रोपाईको काम चल्लने छ । पालिकामा ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ ।

सिंचाइको अभाव भएका कारण साना सिंचाइका कार्यक्रमलाई नगरपालिकाले अगाडी बढाएको छ । पालिकामा हाइब्रिट जातसँगै खुमल ४, ८, मकवानपुर १, मालिका लगायत जातका धान खेती हुदैँ आएको छ । यस्तै धुलिखेलमा र बेथान्चोकमा ५०÷५० प्रतिशत धान रोपाई सक्किएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ असार सोमबार  ८ : ०३ बजे

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित