२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा धान रोपाइ ४० प्रतिशत सक्कियो

काभ्रेमा धान रोपाइ ४० प्रतिशत सक्कियो


धुलिखेल, १५ असारः काभ्रे जिल्लामा धान रोपाइको काम ४० प्रतिशत सक्किएको छ । कृषि ज्ञान केन्द्रले हिजो सम्ममा संकलन गरेको विवरण अनुसार काभ्रे जिल्लामा ४० प्रतिशत धान रोपाईको काम सक्किएको छ ।

यसैबीच हामीले संकलन गरेको विवरण अनुसार बनेपा नगरपालिकाकामा यो वर्षको धान रोपाई सतप्रतिशत सक्किएको छ भने पनौती नगरपालिकामा धान रोपाईको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकामा ९० प्रतिशत धान रोपाईको काम सक्किएको छ ।

जेठ १४ गते हावाहुरी सँगै आएको बर्षाको कारण केही ठाउँमा पुनः विउ राख्नुपर्ने भएको कारण १० प्रतिशत बाँकी रहेको कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणि प्रसाद सापकोटले जानकारी दिनुभयो । नगरपालिकाको ५ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

पाँचखाल नगरपालिकामा धान रोपाईको काम ५ प्रतिशत मात्रै सक्किएको छ । नगरपालिकामा धान रोपाईको काम काभ्रेका अन्य ठाउँको तुलनामा ठिला नै सुरु हुने भएकाले थोरै मात्र रोपाईको काम सक्किएको कृषि शाखा प्रमुख ईश्वर प्रसाद अधिकारीले जानकारी दिए ।

बाँकी रहेका ठाउँहरुमा पनि रोपाईको काम धमाधम भइरहेको छ । साउनको दोस्रो हप्ता सम्म रोपाईको काम चल्लने छ । पालिकामा ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ ।

सिंचाइको अभाव भएका कारण साना सिंचाइका कार्यक्रमलाई नगरपालिकाले अगाडी बढाएको छ । पालिकामा हाइब्रिट जातसँगै खुमल ४, ८, मकवानपुर १, मालिका लगायत जातका धान खेती हुदैँ आएको छ । यस्तै धुलिखेलमा र बेथान्चोकमा ५०÷५० प्रतिशत धान रोपाई सक्किएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ असार सोमबार  ८ : ०३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना