२०८२, १० मंसिर बुधबार

काभ्रे बेथानचोकका कोरोना संक्रमितलाई टेकु लगियाे

काभ्रे बेथानचोकका कोरोना संक्रमितलाई टेकु लगियाे


धुलिखेल, १४ असारः काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ का २३ बर्षीय कोरोना संक्रमित पुरूषलाई टेकु लगिएको छ । आइसोलेसनमा राखि उपचार गर्नुपर्ने भएकाले उनलाई शुक्रराज ट्रफिकल अस्पताल टेकु पठाइएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

जेठ २ गते इन्डियाबाट ती पुरूषको स्वाब संकलन गरेर असार १० गते धुलिखेल अस्पताल पठाइएको थियो । आइतबार उनमा संक्रमण पुष्टि भएको हो । जिल्लामा १३ वेडको आइसोलेसन कक्ष छन् । तर कोरोना संक्रमितलाई ती आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको छैन । यस अघि संक्रमित ५ जनालाई पनि भक्तपुरको दूवाकोट स्थित काठमाण्डौ मेडिकल कजेलमा उपचार गरिएको थियो । उनीहरू सबै उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

हालसम्म काभ्रेका जिल्लाका मात्रै ११ सय ६९ जनाको स्वाब संकलन गरी पिसिआर विधि मार्फत धुलिखेल अस्पातालमा परीक्षण गरिएको छ । काभ्रेमा २३ सय ९४ जनाको आरडिटी विधि मार्फत कोरोना परीक्षण भइसकेको छ । जिल्लाको १३ वाटै स्थानीय तहको क्वारेन्टाइनमा १ सय ८६ जना पु?ष र ३२ जना महिला गरी जम्मा २ सय १८ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ६ : १८ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा