२०८३, १६ बैशाख बिहीबार

Breaking: काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि

Breaking: काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि


धुलिखेल, १४ असारः काभ्रेका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षण एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार झाले पुष्टि गरे ।

बेथानचोक गाउँपालिका वडा नम्बर ४ का २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी असार २ गते इन्डियाबाट आइपुगेका हुन् । उनी क्वारेन्टाइनमै बसिरहेका छन् । उनको स्वाब संकलन गरेर असार १० गते धुलिखेल अस्पताल पठाइएको थियो ।

पालिकाका स्वास्थ्य संयोजक सिताराम तिमिल्सिनाले भने आफुलाई अहिलेसम्म आधिकारीक जानकारी नआएको बताए । पालिकाको क्वारेन्टाइनमा २० जना रहेका छन् । उनीहरु सबै इन्डियाबाट आएका हुन् । पालिकामा अहिले ४८ बेडको क्वारेन्टाइन रहेको छ ।

यसअघि पनि जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ३ : ४२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले