२०८३, ९ कार्तिक सोमबार

Breaking: काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि

Breaking: काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि


धुलिखेल, १४ असारः काभ्रेका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षण एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार झाले पुष्टि गरे ।

बेथानचोक गाउँपालिका वडा नम्बर ४ का २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी असार २ गते इन्डियाबाट आइपुगेका हुन् । उनी क्वारेन्टाइनमै बसिरहेका छन् । उनको स्वाब संकलन गरेर असार १० गते धुलिखेल अस्पताल पठाइएको थियो ।

पालिकाका स्वास्थ्य संयोजक सिताराम तिमिल्सिनाले भने आफुलाई अहिलेसम्म आधिकारीक जानकारी नआएको बताए । पालिकाको क्वारेन्टाइनमा २० जना रहेका छन् । उनीहरु सबै इन्डियाबाट आएका हुन् । पालिकामा अहिले ४८ बेडको क्वारेन्टाइन रहेको छ ।

यसअघि पनि जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ३ : ४२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि