२०८३, ७ कार्तिक शनिबार

काभ्रेका क्योकुशिन कराँतेका राष्ट्रिय विजेता वाइबाको निधन

काभ्रेका क्योकुशिन कराँतेका राष्ट्रिय विजेता वाइबाको निधन


धुलिखेल, १४ असारः काभ्रेबाट नेपाली खेलकुद जगतको कराँते बिदाका एक कुशल तथा निडर खेलाडी बीरमान लामा (वाइवा)को निधन भएको छ । गएराति खाना आएर सुत्नु भएका वाइबा बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले उठाउन खोज्दा मृत अवस्थामा फेला पर्नुभएको हो ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ६, मेदाङसु स्थित आफ्नै निवासमा बीरमान मृत फेला परेको उनका साइला दाइ आशमान वाइबाले जानकारी दिए । २९ बर्षीय बीरमान लकडाउनपछि गाउँ गएका थिए ।

नेपाली सेनामा कार्यरत बीरमान बिगत २ दशक यता खेलकुदमा आबद्ध थिए । उनी एक दशकसम्म नेपालका राष्ट्रिय विजेता हुन् । क्योकुशिन कराँतेका राष्ट्रिय विजेता उनले क्योकुशिन कराँतेबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी भएको उनले बताए ।

बीरमानको मृत्युको कुनै कारण नखुलेको उनका दाई आशमानले बताए । उनका चार दाजु भाई छन् । बीमार कान्छो सन्तान हुन् ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  २ : ५३ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने