२०८३, २२ आश्विन शुक्रबार

मदन भण्डारीको सिद्धान्त अविचलित अघि बढी रहन्छ : पूर्व मन्त्री बाँस्कोटा

मदन भण्डारीको सिद्धान्त अविचलित अघि बढी रहन्छ : पूर्व मन्त्री बाँस्कोटा


धुलिखेल, १४ असारः पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मदन भडारीको सिद्धान्त अविचलित अघि बढ्ने बताएका छन् । ६९ औँ जन्मजयन्तिका अवसरमा धुलिखेलमा निर्मित मदन भण्डारीको शालिकमा माल्यार्पण तथा वृक्षारोपण कार्यक्रममा सहभागी हुदैँ बाँस्कोटाले यस्तो भएका हुन् ।

उनले विभिन्न आन्दोलनका नाममा लेलिनको समेत शालिक ढालिएको भन्दै मण्डन भण्डारी हरेक नेपालको मन मनमा रहेको भन्दै कहिल्यै नढल्ने विश्वास ब्यक्त गरे । राष्ट्रिय युवा संघ काभ्रेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ‘आन्दोलनहरु विशृंखलित हुदाँ जाँदा लेलिन र माक्र्सका समेत शालिक ढालिएका छन्, तर मदन भण्डारीको शालिक ढालिने शालिक होइन्, यो मन र मस्तिष्कमा बसेको शालिक हो ।’

उनले शालिक आफै नबोल्ने भन्दै भण्डारीका बिचारलाई जिवन्तता दिन आवश्यक रहेको औल्याए । मदन भण्डारीको विचारलाई जिवन्तता र निरन्तरता दिन आउँदो पुस्ताले ग्रहण गर्नुपर्नेमा उनले जोड दिए । ‘मुलभूतमा शालिक आफै बोल्ने कुरा होइन, तर मदन भण्डारीका बिचारलाई युवा पुस्ताले ग्रहण गर्नु पर्छ, उनले भने भण्डारीका सिद्धान्तहरु अध्ययन गरेर जीवन पद्धतिका रुपमा आंगाल्नु पर्छ ।’

भिडियो हेर्नुस्:

https://www.youtube.com/watch?v=kkPVgHG0tlY&t=8s

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  १२ : ११ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य