२०८३, १५ श्रावण शनिबार

नालाको ठूलीचौरमा शहरी स्वास्थ्य केन्द्रको भवन शिलान्यास

नालाको ठूलीचौरमा शहरी स्वास्थ्य केन्द्रको भवन शिलान्यास


धुलिखेल, १३ असारः काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ३ ठूलीचौरमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आउने भएको छ । शहरी स्वास्थ्य केन्द्रका लागि अहिले भवन धमाधम निर्माण भइरहेको वडाध्यक्ष कृष्ण प्रसाद दाहालले जानकारी दिए ।

शहरी केन्द्रको आज प्रदेश सांसद बसुन्धरा हुमागाई र उपप्रमुख रेखा सापकोटा दाहालले शिलान्यास गरेका हुन् । स्वास्थ्य केन्द्र निर्माणका लागि नगरपालिकाले २० लाख आर्थिक सहयोग गरेको छ । स्टोर सहितको चार कोठाको भवन बन्नेछ । अहेब, अनमी र एक जना कार्यालय सहयोगीको दबरन्दी हुनेछ ।

त्यस्तै वडाको नयाँ प्रशासनिक भवन समेत निर्माण भइरहेको छ । ७० लाख लागतमा वडा कार्यालयको भवन निर्माण भइरहेको वडाध्यक्ष दाहालले बताए । यो रकम जिल्ला समन्वय समितिले उपलब्ध गराएको हो । बैठक कोठा सहित दुई तल्ले भवनमा ७ कोठा तयार गरिनेछ ।

प्रकाशित मिति : २०७७, १३ असार शनिबार  १ : १५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने