२०८२, १० कार्तिक आईतबार

नालाको ठूलीचौरमा शहरी स्वास्थ्य केन्द्रको भवन शिलान्यास

नालाको ठूलीचौरमा शहरी स्वास्थ्य केन्द्रको भवन शिलान्यास


धुलिखेल, १३ असारः काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ३ ठूलीचौरमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आउने भएको छ । शहरी स्वास्थ्य केन्द्रका लागि अहिले भवन धमाधम निर्माण भइरहेको वडाध्यक्ष कृष्ण प्रसाद दाहालले जानकारी दिए ।

शहरी केन्द्रको आज प्रदेश सांसद बसुन्धरा हुमागाई र उपप्रमुख रेखा सापकोटा दाहालले शिलान्यास गरेका हुन् । स्वास्थ्य केन्द्र निर्माणका लागि नगरपालिकाले २० लाख आर्थिक सहयोग गरेको छ । स्टोर सहितको चार कोठाको भवन बन्नेछ । अहेब, अनमी र एक जना कार्यालय सहयोगीको दबरन्दी हुनेछ ।

त्यस्तै वडाको नयाँ प्रशासनिक भवन समेत निर्माण भइरहेको छ । ७० लाख लागतमा वडा कार्यालयको भवन निर्माण भइरहेको वडाध्यक्ष दाहालले बताए । यो रकम जिल्ला समन्वय समितिले उपलब्ध गराएको हो । बैठक कोठा सहित दुई तल्ले भवनमा ७ कोठा तयार गरिनेछ ।

प्रकाशित मिति : २०७७, १३ असार शनिबार  १ : १५ बजे

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो