२०८२, १० कार्तिक आईतबार

धुलिखेलले महिला स्वास्थ्य स्वयमसेविकाको भत्ता बढाउने

धुलिखेलले महिला स्वास्थ्य स्वयमसेविकाको भत्ता बढाउने


धुलिखेल, १२ असारः काभ्रेको धुलिखेल नगरपालिकाले आगामी आर्थिक बर्षमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको भत्ता बढाउने निर्णय गरेको छ । नगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाको सावितको भत्तामा २ सय बढाएको हो ।

नगरपालिकाको यो निर्णय साउन महिनादेखि कार्यान्वयनमा आउने छ । अब मासिक भत्ता १२ सय रुपैयाँ पुगेको छ । नगरपालिकाभित्र ६५ जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन् ।

नगरपालिकाको ७ औँ नगरसभामा पेश भएको नीति तथा कार्यक्रममा कोरोना भाइरस रोकथाम, नगरपालिकाको २० र प्रदेश सरकारको ३० लाख गरी ५० लाख रुपैँयामा स्वस्थ शहर निर्माण, पोषण जस्ता कार्यक्रमले प्राथमिकता पाएको स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

यसैगरी ‘उपप्रमुख सुत्केरी भेटघाट’ कार्यक्रमलाई नीतिगत रुपमै समेटिएको छ । यो कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुको लागि अण्डा, घ्यू, बच्चालाई न्यानो कपडा वितरणको गरिनेछ ।

कोरोनाको महामारीका बीच उपप्रमुख विमला शर्मा ब्यक्तिगत खर्चमै सुत्केरी महिलालाई पौष्टिक आहार सहितको कोसेली लिएर घरमै भेट्न पुग्नुभएको थियो । धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रमा १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७७, १२ असार शुक्रबार  ८ : ३७ बजे

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो