२०८२, २० कार्तिक बुधबार

पाँचखालमा ‘किसानसँग मेयर’, विषादी न्यूनिकरण नीति बनाइने

पाँचखालमा ‘किसानसँग मेयर’, विषादी न्यूनिकरण नीति बनाइने


धुलिखेल, ११ असारः वागमती प्रदेशकै कृषि उत्पादनका हिसाबले उर्वर भुमि काभ्रेको पाँचखाल नगरपालिकाले विषादी नूनिकरण नीति नै बनाउने भएको छ । पाँचखालमा उत्पादन हुने तरकारीमा विषादीका मात्रा प्रयोग भइरहेको तीब्र गुनासोका माझ नगरप्रमुख महेश खरेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषादी न्यूनिकरण नीति बनाउने उल्लेख गरेका हुन् ।

पाँचखालको तरकारीलाई सेमि अर्गानिक हुदैँ अर्गानिक बनाउँदैँ लैजाने नगरप्रमुख खरेलले बताए । एक वडा, एक कृषि प्राविधिकको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै कृषकसँग प्रत्यक्ष जोडिएको समस्या पहिचान गरी समाधानका लागि आगामी आर्थिक वर्षदेखि ‘कृषकसँग मेयर’ कार्यक्रम सञ्चालन हुनेछ ।

नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कृषि भूमिलाई अन्य कामका लागि प्रयोग गर्न नदिने बताइएको छ । त्यसै कृषि उत्पादन बढाउन ग्रामिण विद्यूतीकरणमा बढावा दिने मेयर खरेलले बताए । कृषि उत्पादत्वक बढाउन संघ, प्रदेश र अन्य स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी ८ वटा ठूलो परियोजना सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पाँचखाल नगरपालिकाले आगामी आर्थिक वर्ष कृषि उत्पादकत्व बृद्धि गर्न किसानलाई सशर्त अनुदान समेत दिने बताएको छ । पाँच रोपनी भन्दा कम जमिन हुने कम स्रोत साधन भएका कृषकहरुको पहिचान र वर्गीकरण गरी सुविधा उपलब्ध गराउने नीति नगरपालिका लिएको छ । अतिवृष्टि, अनावृष्टि, रोग, किरा र दैवी प्रकोपको आँकलन र कृषि राहत परिचालनका लागि सर्वे सर्भिलेन्स प्रणाली स्थापित गरी क्रियाशील गरिने नगरप्रमुख खरेलले बताए ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार  २ : ०४ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई