२०८३, ५ भाद्र शनिबार

शिक्षामा मण्डनदेउपुर नगरपालिकाको लोभलाग्दो कार्यक्रम

शिक्षामा मण्डनदेउपुर नगरपालिकाको लोभलाग्दो कार्यक्रम

‘छोरी बुहारी शिक्षा’ कार्यक्रम अन्तर्गत उच्च शिक्षा पढ्ने महिलालाइ छात्रबृत्ति


धुलिखेल, ११ असारः काभ्रे जिल्लाको कान्छो नगरपालिका मण्डनदेउपुरले शिक्षा क्षेत्रमा आगामी बर्ष पनि लोभलाग्दो कार्यक्रम समावेश गरेको छ । नगरपालिकाको प्रमुखमा निर्वाचित भएको वर्षदेखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका नगरप्रमुख टोक बहादुर वाइबाले आगामी आर्थिक वर्षमा थप नयाँ शैक्षिक कार्यक्रम समावेश गरेका छन् ।

सातौँ नगरसभामा प्रस्तुत कार्यक्रम मध्ये सबैभन्दा धेरै र नौला कार्यक्रम पनि शिक्षामा क्षेत्रमै छन् । नगरपालिकाले वडा नम्बर ९ मा रहेको डेडीथुम्का माध्यामिक विदालयमा कृषि तथा प्राविधिक शिक्षालय स्थापना गरी पठन पाठन शुरु गर्ने भएको छ । ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ कार्यक्रमलाई प्रमुख वाइबाले निरन्तरता दिएका छन् । नगरभित्र उच्च शिक्षा अध्ययन गर्न चाहाने महिलाहरुका लागि ‘छोरी बुहारी शिक्षा’ कार्यक्रम मार्फत छात्रबृत्ति प्रदान गर्ने नयाँ कार्यक्रम थपिएको छ ।

त्यस्तै नगरपालिकाले सबै सामुदायिक विद्यालयका बालबालिकालाई संगीत तथा कला र कम्प्युटर सिकाउने उद्देश्यले प्रशिक्षक नियुक्ति गर्ने भएको छ । आगामी आर्थिक वर्ष देखि सबै सामुदायिक विद्यालयमा तहगत प्रधानाध्यापक नियुक्ति गरिने भएको छ । प्रत्येक शिक्षकको हातमा शिक्षक डायरी र विद्यार्थीको हातमा गृहकार्य डायरी ब्यवस्था गरिने नगरप्रमुख वाइबाले बताए । सामुदायिक विद्यालयमा अध्ययन गर्ने उत्कृष्ठ विद्यार्थी छनौट गरी नगरस्तरीय छात्रबृत्ति दिने नगरपालिकाको नीति तथा कार्यक्रम समावेश छ ।

अनलाइन पठनपाठनका लागि सबै सामुदायिक विद्यालयमा इन्टरनेटको ब्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षदेखि आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागुू गरी मातृ माषको माध्यमबाट पठनपाठन गरिने नगरप्रमुख वाइबाले बताए । ५० वर्ष ननाघेका र अवकाश हुन १ वर्ष बाँकी रहेका शिक्षकले अवकाश लिन चाहेमा शिक्षकलाई १ लाख नगद सहित समन गर्ने नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार  १२ : ०५ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही