२०८३, २३ आश्विन शनिबार

नेकपा स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

नेकपा स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा


काठमाडौं : बैठक माग गरिएको दुई महिनापछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक बसेको छ । बुधबार १२ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको स्थायी कमिटी बैठकका लागि ५ वटा विषय कार्यसूचीमा समावेश गरिएको छ । सुरुमा अध्यक्षद्वयले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । त्यसपछि सरकारका कामकारबाहीबा बारेमा छलफल हुनेछ । सीमा समस्या, कोरोना महामारीमा सरकारले खेलेको भूमिकाका बारेरमा बैठकमा छलफल गर्ने तयारी भएको छ।

त्यसबाहेक एमसीसी र पार्टी एकताका विषयमा पनि छलफल गर्ने गरी कार्यसूची तयार पारिएको छ । गत १० वैशाखमा स्थाथी कमिटीको बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई २० जना स्थायी कमिटी सदस्यहरूले पत्र बुझाएका थिए ।

सरकारका काम कारबाहीका कारण पार्टीमा विवाद बढ्दै गएपछि नेकपाको अन्तरिम पार्टी विधानको धारा ५९ )४) अनुसार २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै पत्र बुझाएका थिए।

२५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरेमा १५ दिनभित्र बोलाउनुपर्ने भएपनि पटक–पटक बैठक बोलाउँदै स्थगित गर्दै गरिँदै आएको थियो।

प्रकाशित मिति : २०७७, १० असार बुधबार  १२ : ३९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य