२०८३, ८ कार्तिक आईतबार

मण्डनदेउपुरमा नगरस्तरीय अस्पताल निर्माणको काम धमाधम

मण्डनदेउपुरमा नगरस्तरीय अस्पताल निर्माणको काम धमाधम

प्रदेश सरकारको ९ करोड सहयोग


धुलिखेल, ९ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अस्पताल निर्माणको काम धमाधम सुरु भएको छ । अस्पताल निर्माणका लागि बागमती प्रदेश सरकारले ७ करोड रुपैयाँ विनियोजन गरेको छ । अस्पताल नगरपालिकाको वडा नम्बर ७ नौबिसेमा निर्माण हुनेछ ।

अस्पतालको भोली बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले शिलान्यास गर्ने नगरपालिकाले जनाएको छ । एक जना डाक्टरको नेतृत्वमा नर्सिङ, प्यारामेडिक र प्रयोगशाला सञ्चालन हुनेछ । अस्पताल निर्माण भएपछि आकस्मिक सेवा समेत सुरु हुनेछ ।

पहिलो चरणमा ५ वेड तयार हुनेछ भने १५ बेडसम्म विस्तार गरिनेछ । प्रसुती सेवा सहितको ओपिडी पनि सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । अस्पताल निर्माणका लागि अघिल्लो वर्ष पनि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

अस्पताल निर्माणका लागि १२ करोड ४५ लाख लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार  ५ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना