२०८२, २० कार्तिक बुधबार

काभ्रेमा धान रोपाइः बनेपामा ८२, पनौतीमा ७५ र धुलिखेलमा ४० प्रतिशत सकियो

काभ्रेमा धान रोपाइः बनेपामा ८२, पनौतीमा ७५ र धुलिखेलमा ४० प्रतिशत सकियो


धुलिखेल, ७ असारः काभ्रे जिल्लाको विभिन्न ठाउँमा धान रोपाई धमाधम चलिरहेको छ । हामीले संकलन गरेको विवरण अनुसार बनेपा नगरपालिकाकामा यो वर्षको धान रोपाइ अन्तिम चरणमा पुगेको छ । बनेपामा ८२ प्रतिशत धान रोपाईको काम सक्किएको नगरपालिकाका कृषि शाखा अधिकृत मुकुन्द केसीले जानकारी दिनुभयो । नगरपालिकाका किसानले हाइब्रिट जातको धानका बिउ नै बढी लगाउने गरेका छन् । बनेपाको नाला क्षेत्रमा ५ हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धान खेती केहिदिन अघि आएको बाढीका कारण पुरै क्षति भएको छ ।

पनौती
पनौती नगरपालिकामा धान रोपाईको काम ७५ प्रतिशत सक्किएको छ । तर जेठ १४ गते आएको बर्षाको कारण करिब ७ सय रोपनी जमिनमा फेरी धान पुनःरोप्नु पर्ने अवस्था आएको कृषि तथा पशुपन्छी शाखाका प्रमुख संयोजक मणि प्रसाद सापकोटले बताउनुभयो । बाढीले ३ सय रोपनीमा लगाइएको धानको बिउ पनि बगाएको थियो । नगरपालिकाको ५ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ । पनौतीमा हाइब्रिड जातकै धान खेती हुदैँ आएको छ ।

धुलिखेल
यसैबीच धुलिखेल नगरपालिकामा ४० प्रतिशत धान रोपाईको काम सक्किएको छ । धुलिखेलमा ३ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुदैँ आएको कृषि शाखा प्रमुख मन्दिल कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले धान खेतीका लागि यान्त्रिकरणलाई विशेष जोड दिएर कार्यक्रम बनाएको छ । धुलिखेलमा पनि हाइब्रिट जातकै धान खेती हुदैँ आएको छ । धुलिखेल नगरपालिकाले किसानलाई बिउको अनुदानमा वितरण गरेको थियो ।

जिल्लाको कुल १० हजार १ सय हेक्टर क्षेत्रफल जमिनमा बर्खे धानखेती र १ हजार २१० हेक्टर क्षेत्रफल जमिनमा चैते धान खेती हुदै आएको छ ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  ५ : ३६ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई