२०८३, १४ आश्विन बिहीबार

काभ्रेमा धान रोपाइः बनेपामा ८२, पनौतीमा ७५ र धुलिखेलमा ४० प्रतिशत सकियो

काभ्रेमा धान रोपाइः बनेपामा ८२, पनौतीमा ७५ र धुलिखेलमा ४० प्रतिशत सकियो


धुलिखेल, ७ असारः काभ्रे जिल्लाको विभिन्न ठाउँमा धान रोपाई धमाधम चलिरहेको छ । हामीले संकलन गरेको विवरण अनुसार बनेपा नगरपालिकाकामा यो वर्षको धान रोपाइ अन्तिम चरणमा पुगेको छ । बनेपामा ८२ प्रतिशत धान रोपाईको काम सक्किएको नगरपालिकाका कृषि शाखा अधिकृत मुकुन्द केसीले जानकारी दिनुभयो । नगरपालिकाका किसानले हाइब्रिट जातको धानका बिउ नै बढी लगाउने गरेका छन् । बनेपाको नाला क्षेत्रमा ५ हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धान खेती केहिदिन अघि आएको बाढीका कारण पुरै क्षति भएको छ ।

पनौती
पनौती नगरपालिकामा धान रोपाईको काम ७५ प्रतिशत सक्किएको छ । तर जेठ १४ गते आएको बर्षाको कारण करिब ७ सय रोपनी जमिनमा फेरी धान पुनःरोप्नु पर्ने अवस्था आएको कृषि तथा पशुपन्छी शाखाका प्रमुख संयोजक मणि प्रसाद सापकोटले बताउनुभयो । बाढीले ३ सय रोपनीमा लगाइएको धानको बिउ पनि बगाएको थियो । नगरपालिकाको ५ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ । पनौतीमा हाइब्रिड जातकै धान खेती हुदैँ आएको छ ।

धुलिखेल
यसैबीच धुलिखेल नगरपालिकामा ४० प्रतिशत धान रोपाईको काम सक्किएको छ । धुलिखेलमा ३ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुदैँ आएको कृषि शाखा प्रमुख मन्दिल कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले धान खेतीका लागि यान्त्रिकरणलाई विशेष जोड दिएर कार्यक्रम बनाएको छ । धुलिखेलमा पनि हाइब्रिट जातकै धान खेती हुदैँ आएको छ । धुलिखेल नगरपालिकाले किसानलाई बिउको अनुदानमा वितरण गरेको थियो ।

जिल्लाको कुल १० हजार १ सय हेक्टर क्षेत्रफल जमिनमा बर्खे धानखेती र १ हजार २१० हेक्टर क्षेत्रफल जमिनमा चैते धान खेती हुदै आएको छ ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  ५ : ३६ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका