२०८३, १५ बैशाख बुधबार

निर्माण ब्यवसायी गौतमले गराए काभ्रेका सबै स्वास्थ्यकर्मीको कोरोना बिमा

निर्माण ब्यवसायी गौतमले गराए काभ्रेका सबै स्वास्थ्यकर्मीको कोरोना बिमा


धुलिखेल, ७ असारः काभ्रेको चौरीदेउराली स्थायी ठेगाना भएका निर्माण ब्यवसायी राम बहादुर गौतमले जिल्लाका सबै स्वास्थ्य कर्मीको कोरोना बिमा गराइदिएका छन् । उनले आज प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका संयोजक श्रवण कुमार तिमिल्सिनालाई भेटेर बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

निर्माण ब्यवसायी गौतमले प्रति स्वास्थ्यकर्मीको ६ सय रुपैयाँका दरले चार लाख उन्नानचास हजार चार सय रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई हस्तान्तण गरे ।

एक वर्षका लागि १ लाखकाे बिमा गरिएको हो । जिल्लाको १३ वाटै स्थानीय तहमा गरी ७ सय ४९ जना स्वास्थ्य कर्मीको कोरोना बिमा भएको छ । कोरोना महामारीकामा स्वास्थ्य कर्मी नै पहिलो घेरामा रहेर खटिनुपर्ने भएकाले प्रोत्साहान स्वरुप बिमा गरिएको निर्माण ब्यवसायी गौतमले बताए ।

गाैमतले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाइ ५० हजार सहयाेग गरेकाे छ । स्वास्थ्यकर्मीकाे बिमा गराउन र महासंघलाइ सहयाेग उलपब्ध गराउन महासंघ बागमती प्रदेश सचिव सुरेश हुमागाइले गरेका थिए ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  ४ : ०१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले