२०८३, ६ कार्तिक शुक्रबार

काभ्रे प्रहरीद्वारा जुवाडे सार्वजनिक

काभ्रे प्रहरीद्वारा जुवाडे सार्वजनिक


धुलिखेल, ७ असारः काभ्रे प्रहरीले पक्राउ परेका ६ जना जुवाडेलाई सार्वजनिक गरेको । प्रहरीले उनीहरुलाई शुक्रबार राती बनेपा नगरपालिका वडा नम्बर ६ पाँचकुमारी पेट्रोल पम्पका सञ्चालक जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पाँचकुमारी पेट्रोल पम्पका सञ्चालक ३९ बर्षीय जनक तिमल्सीना, २८ वर्षीय बिश्वराज तामाङ, धुलिखेल नगरपालिका वडा नम्बर ४ का ३५ बर्षीय रामेश्वर के.सी, ४० वर्षिय अनिल थापा, ३४ बर्षीय भोला राय र ४२ बर्षीय किरण रन्जितकार रहेका छन् ।

उनीहरुको साथबाट नगद ६ लाख ५४ हजार ५ सय रुपैयाँ, जुवा खालमा रहेको तास ४ बुक र जुवा तास खेल्न प्रयोग भएको तन्दा १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

बुडोल घर भएका तिमल्सिना यसअघि पनि यस्तै काण्डमा पर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  ३ : २४ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा